खुदुनाबारीमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती भव्य « Yalambar Times
१७ मंसिर २०८१, सोमबार

खुदुनाबारीमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती भव्य


यलम्वर टाइम्स
२६ कार्तिक २०८१, सोमबार ०९:५६

कैदले । अर्जुनधारा–३ कैदले स्थित लिङ्देन फाल्गुनन्द मिङसो माङहिमले महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाएको छ ।

फाल्गुनन्द शान्ति वनबाटिका परिसरमा रहेको माङहिममा माङसेवा, हवन र दीप प्रज्वलन गर्दै किराँत धर्मका प्रवर्धक, समाज सुधारक तथा १६ औं राष्ट्रिय विभूति महागुरु लिङ्देनको जन्मजयन्ती मनाइएको थियो ।

माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामको सभापितत्व तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवासाँवा(पुजारी)बाट माङसेवा, हाङसोक(धुनी कुण्ढ)मा चरु हवन, १०८ दीप प्रज्वलन, माङहिम परिसरमा ३ वटा माङनिसा र १०८ वटा धर्म निसा राखिएको थियो ।

त्यस्तै खुदुनाबारी–दानाबारी सडक खण्डको खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको शालिक परिसरमा साँझ दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

यसअघि शनिबार माङहिम क्षेत्रमा रहेको फाल्गुनन्द पोखरी तटमा सामूहिकरुपमा पूजाअर्चना गरि गालीसराप बगाउने कार्य गरिएको थियो ।