गैंडे सामुदायिक वनमा चुनावी रस्साकस्सी « Yalambar Times
१७ मंसिर २०८१, सोमबार

गैंडे सामुदायिक वनमा चुनावी रस्साकस्सी


यलम्वर टाइम्स
२८ कार्तिक २०८१, बुधबार ०९:४४

[सेलिङ केसी]

माइधार । गैंडे सामुदायिक वन उपभोक्ता समूह शिवसताक्षी १० झापा र माई नपा ८ इलामको कार्य समितिको लागि २८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यही मंसिर ७ गते सम्पन्न हुने निर्वाचनमा अध्यक्ष सहित पदाधिकारीमा १० जनाले मनोनयन दर्ता गराएका छन् भने विभिन्न विभागीय सदस्यहरुमा १८ जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिका संयोजक बालकृष्ण सिटौलाले जानकारी गराए अनुसार अध्यक्ष पदका लागि पूर्वअध्यक्ष समेत रहेका अमृतबहादुर कार्कीले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

उनी नेपाली काँग्रेस निकट हुन् भने नेकपा माओवादीसँग नेपाली काँग्रेसको समीकरण रहेको बुझिएको छ ।

त्यस्तै नेकपा एमालेका तर्पmबाट रामध्वज लावतीले अध्यक्ष पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । उनी निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै स्वतन्त्र प्यानलबाट सन्तोष लामाले अध्यक्ष पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

यसरी नै उपाध्यक्ष पदका लागि दिपेन्द्र संग्रौला (जनम), भानुप्रसाद उप्रेती र रविन न्यौपानेले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

सचिव पदका लागि कुमारी योङहाङ फागोले उम्मेद्वारी मनोनयन दर्ता गरेकी छन् उनी निवर्तमान सचिव हुन् ।

त्यस्तै सचिव पदकै लागि जानुका धिताल तिम्सिनाले पनि उम्मेद्वारी मनोनयन दर्ता गरेकी छन् ।

कोषाध्यक्ष पदका लागि टिका बाँस्कोटा र टिकामाया तुम्सा लिम्बूले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

दलित महिला सदस्यतर्फ अस्मिता विश्वकर्मा, विन्दाकुमारी दर्जी, पिछडावर्ग महिला सदस्यतर्फ रिना कुर्मी, मञ्जु शाह र आदिवासी जनजाति महिला सदस्यतर्फ कान्तिहाङमा सेलिङ लिम्बू र विष्णुमाया सिगुले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै खुल्ला महिला सदस्यतर्फ मुना बराल, सम्झना अधिकारीले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी खुल्ला सदस्यतर्फ अम्बरबहादुर सेनेहाङ, राजकुमार यादव, भीमबहादुर योङया, रविन राई, हेमन्त कार्की, अर्जुन चौहानले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी आरक्षण खुल्ला सदस्य ब्लक नं. १ तर्फ बुद्धकुमार लिम्बू, ब्लक नं. ५ बाट कमलप्रसाद तिम्सिना, ब्लक नं. १ बाट कुमार राई ब्लक नं. ५ बाट दलहाङ साँवा लिम्बू लगायतले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

तीन वर्षे कार्यकालका लागि २८औं साधारण सभा तथा १०औं अधिवेशन निर्वाचन प्रक्रियाबाट १३ जना सदस्य निर्वाचित हुनुपर्ने छ भने एक जना जनप्रतिनिधि पदेन सदस्य रहने विधानमा उल्लेख छ ।

निर्वाचन समितिमा ज्ञानुप्रसाद अधिकारी र पूजा ढकाल रेग्मी रहेका छन् ।

निर्वाचनका लागि नामावली प्रकाशन, मतदाता नामावलीमाथि दावी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेद्वारी दर्ता, दर्ता भएका उम्मेद्वारको नामावली प्रकाशन, उम्मेद्वारीमाथि दावी विरोध कार्य सम्पन्न भएको निर्वाचन आयोगको भनाइ रहेको छ ।

झापाको शिवसताक्षी र इलाममा सबैभन्दा बढी आयस्रोत भएको र चर्चामा आएको गैंडे सामुदायिक वन उपभोक्ता समूह भएकोले नै यहाँ कहिले पनि सर्वसम्मत पदाधिकारी निर्वाचित हुन सकेको छैन ।