अर्जुनधारामा ‘जेसीज मार्ग’को उद्घाटन « Yalambar Times
१७ मंसिर २०८१, सोमबार

अर्जुनधारामा ‘जेसीज मार्ग’को उद्घाटन


यलम्वर टाइम्स
६ मंसिर २०८१, बिहीबार १०:५५

अर्जुनधारा । अर्जुनधारा जेसीजले सप्ताह कार्यक्रम अन्तर्गत अर्जुनधारा जेसीज कार्यालय जोड्ने सडकको नामाकरण गर्दै उद्घाटन गरेको छ ।

अर्जुनधारा–७ स्थित जेसीज कार्यालयसँगै अर्जुनधारा उद्योग वाणिज्य संघको कार्यालय जोड्ने उक्त मार्गलाई ‘जेसीज मार्ग’ नामाकरण गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाले उद्घाटन गरेका थिए ।

गत आर्थिक वर्ष २०८०–०८१ अन्तर्गतको बजेटबाट अर्जुनधारा नगरपालिका र उपभोक्ता समितिको संयुक्त लागतमा बाटोको स्तरोन्नति गर्दै पेभेज लगाइएको थियो ।

करिब २ सय मिटर लामो उक्त बाटो निर्माणका लागि अर्जुनधारा नगरपालिकाको आठ लाख ६० हजार रुपैयाँ अनुदान र उपभोक्ता समितिको पाँच लाख ७३ हजार सात सय ७२ रुपैयाँसहित जम्मा १४ लाख ३३ हजार सात सय ७२ रुपैयाँको लागतमा मार्गमा प्लम्ब निर्माण तथा पेभर्स लगाइएको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले बताए ।

जेसीज अध्यक्ष बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का लगायतले आफ्नो विचार राखेका थिए ।

कार्यक्रम संयोजक अर्जुन बस्नेतको संयोजकत्वमा आयोजित कार्यक्रममा कार्यकारी उपाध्यक्ष सप्ताह कार्यक्रमका मूल संयोजक भवानी बरालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गौरव भण्डारीले गरेका थिए ।