अवरोधकारीलाई तह लगाउने दिन आउँदैछः जनमुक्ति सेना « Yalambar Times
२४ मंसिर २०८१, सोमबार

अवरोधकारीलाई तह लगाउने दिन आउँदैछः जनमुक्ति सेना


यलम्वर टाइम्स
११ मंसिर २०८१, मंगलवार ०८:५९

केरखा । जनमुक्ति सेना नेपालले कल्पना गरेको राज्य व्यवस्था अझै पनि पूरा हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्रले आव्हान गरे हतियार बोक्न तयार भएको विचार व्यक्त भएको छ ।

जनमुक्ति सेना नेपाल प्रदेश १ ले आयोजना गरेको २४ औं वार्षिक कार्यक्रममा अधिकांश वक्ताहरुले आफूहरुले नेपाली जनताको मुक्तिका लागि लडेको बताउँदै गास, बास, कपास र समान नीति र समान राज्य सत्तामा सहभागिता भन्ने उद्देश्य रहेको बताए ।

वक्ताहरुले आफूहरुको मागलाई सत्ता पक्षले खेलवाड गरेको हुँदा कुनै बेला बन्दुक बोकेर सत्तासँग लड्ने दिन नआओस् भन्ने भनाइ राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य हरिकुमार रानाले जनमुक्ति सेना नेपालले हिजो गरेको त्याग, बलिदान र तपस्यालाई एक ढिक्कामा उभिएर अगाडि बढे असम्भव नहुने विचार व्यक्त गरे ।

रानाले अगाडि भने, ‘अब भ्रष्टाचारी, दुराचारी र जनतालाई मुक्तिको बाटोमा लैजान अवरोध गर्ने अवरोधकारीहरुलाई तह लगाउने दिन २०८४ आउँदै गरेको हुँदा अब पार्टी भित्र एकतासँगै जनताको घरआँगनमा पुग्ने दिन आएको बताए ।

कार्यक्रममा कमल गाउँपालिका केरखाको प्रथम डिभिजन गेटमा आयोजना भएको थियो । उक्त गेटमा शहीद योद्धा जनमुक्ति सेनाको नाम भएको हुँदा एसियन हाइवेले भत्काउनु परे अर्को गेट निर्माण हुनपर्ने धारणा राखेका थिए । त्यसो नगरे त्यसको प्रतिकारमा उत्रने सुझाव दिएका थिए ।

जनमुक्ति सेना नेपाल प्रदेश नं. १ का संयोजक नारद दुःखी (नरबहादुर तामाङ) ले जनताको अधिकारका लागि सामन्ती विरुद्ध हतियार बोकेरका हातहरु अझै तगडै रहेको बताउँदै समानुपातिक सहअस्तित्वलाई कमजोर पार्ने दलप्रति खबरदारी गरेका थिए ।

सभामा उपस्थितहरुलाई वाईसीएल नेपालका सचिव कर्मा पुलामीले स्वागत गरेका थिए भने जनमुक्ति सेनाका सञ्चार विभाग प्रमुख प्रशान्त भण्डारी, आशिष लिम्बू, सिक्सम चेम्जोङ, एनवी लिङदेन, झापा पार्टी अध्यक्ष राजु आचार्य ‘अग्नी’, रवि बस्नेत, सुरेश बराइली, महेन्द्र भट्टराई, प्रेस सेन्टर नेपालका दिपीन राई, नरसिंह लिम्बू, विवस राई लगायतलेको आतिथ्य रहेको थियो ।

कार्यक्रम सञ्चालन सौगातले गरेका थिए भने अन्तर्राष्ट्रिय, राष्ट्रिय गान गाएर बिगतका दिनहरुलाई सम्झेका थिए ।