एनएसएलः लकेन झापा एफसीको मार्की खेलाडी « Yalambar Times
७ चैत्र २०८१, शुक्रबार

एनएसएलः लकेन झापा एफसीको मार्की खेलाडी


यलम्वर टाइम्स
१७ फाल्गुन २०८१, शनिबार १६:३०

चारपाने । आगामी चैत १६ गतेबाट हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणमा सहभागि टिम झापा एफसीले भारतमा आई लिग खेलिरहेका लकेन लिम्बूलाई मार्की खेलाडी बनाएको छ ।

एनएसएल च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको झापाले आई लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका मिडफिल्डर लकेनलाई मार्की खेलाडी बनाएको हो ।

चारपाने स्थित सहारा नेपालको सभाहलमा पत्रकार सम्मेलन गरेर टिमको बारेमा जानकारी दिँदै मिनी अक्सनबाट आशिष गुरुङ, एञ्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राई, अविनाश स्याङ्तन र दिपेश धिमाललाई लिएको झापा एफसीले जनाएको छ ।

टिमलाई थप मजबुद बनाउनका लागि उज्वेकिस्तानको युवा टिमबाट खेलिसकेका डिफेन्डर अजमत अब्दुल्लेभलाई अनुबन्ध गरिसकेको झापा एफसीका अध्यक्ष अर्पण खड्काले बताए ।

अध्यक्ष खड्काले टिमको प्रमुख प्रशिक्षकमा प्रवेश कटुवाल रहेको पनि सुनाए । उनले यस सिजनको एनएसएलको उपाधि प्राप्त गर्नका लागि गोलकिपिङ कोचको रुपमा मीन बस्नेत र सहायक प्रशिक्षको रुपमा कुमार गिरी रहेको बताए ।

यस्तै क्लबले ब्राण्ड एम्बेसडरका रुपमा राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्कालाई दोहोर्याएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष खड्काले झापा एफसी प्रदेश नं. १ बाट एनएसएलमा सहभागि एकमात्र टिम भएको हुँदा सबैले साथ सहयोग र समर्थन गर्न आग्रह गरे ।