शनिश्चरे फुटबल क्लबद्वारा तेस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक « Yalambar Times
३ चैत्र २०८१, सोमबार

शनिश्चरे फुटबल क्लबद्वारा तेस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक


यलम्वर टाइम्स
१८ फाल्गुन २०८१, आईतवार १४:०१

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा गत माघमा सम्पन्न तेस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।

क्लबका अध्यक्ष टेकराज तिलिङको अध्यक्षता र अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको हो ।

आय–व्यय प्रस्तुत गर्दै अध्यक्ष तिलिङले प्रतियोगिताको कुल आय ७ लाख ८९ हजार १ सय ८६ रुपैयाँ र कुल खर्च ५ लाख ६६ हजार ६ सय ८० भएको बताए ।

उनका अनुसार प्रतियोगिताबाट २ लाख २२ हजार ५ सय ६ रुपैयाँ बचत भएको छ । बचत भएको रकमले फुटबलको विकास, ट्रेनिङ, कार्यालय सञ्चालन र टिम व्यवस्थापनमा खर्च गरिने छ ।

क्लबका हरि गुरुङले सञ्चालन गरेको कार्यक्रममा फुटबल प्रेमी भगिरथ आले ‘मामा’, नगर खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाल लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिता माघ २० गतेदेखि २८ गतेसम्म चलेको थियो ।