अर्जुनधारामा यौनिकता र लैङ्गिकता विषयक अन्तरक्रिया सम्पन्न « Yalambar Times
२ चैत्र २०८१, आईतवार

अर्जुनधारामा यौनिकता र लैङ्गिकता विषयक अन्तरक्रिया सम्पन्न


यलम्वर टाइम्स
२ चैत्र २०८१, आईतवार १४:१०

अर्जुनधारा । यौनिक तथा अल्पसंख्यक समुदायको यौनिकता र लैंगिकता विषयक एक दिने सचेतनामूलक अन्तरक्रिया कार्यक्रम अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा मितिनी नेपालको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायको अवस्था बारे जानकारी गराइएको थियो ।

यो सँगै उनीहरुको हकअधिकारको लागि पालिका स्तरबाट के कस्तो कार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मितिनी नेपाल कोशी प्रदेशकी संयोजक कविता तामाङले बताइन् ।

सहजकर्ता मितिनी नेपालकी क्षेत्रीय कार्यक्रम अधिकृत सुमन तामाङले सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसहित २५ जनाको सहभागिता रहेको थियो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन मितिनी नेपाल कोशी प्रदेशकी संयोजक कविता तामाङले गरेकी थिइन् ।