शिक्षकहरुको मागप्रति सामुदायिक विद्यालय व्यवस्थापन अर्जुनधाराको ऐक्यबद्धता « Yalambar Times
२७ असार २०८२, शुक्रबार

शिक्षकहरुको मागप्रति सामुदायिक विद्यालय व्यवस्थापन अर्जुनधाराको ऐक्यबद्धता


यलम्वर टाइम्स
४ बैशाख २०८२, बिहीबार १४:२२

अर्जुनधारा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नगर समिति अर्जुनधाराले चैत्र २० गतेबाट जारी शिक्षकहरुको जायज मागप्रति ऐक्यबद्धता जनाएको छ ।

आज विहिबार सामुदायिक विद्यालय व्यवस्थापन समितिले एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ, १६ दिनदेखि शिक्षकहरुका जायज माग पुरा गर्न नेपाल सरकार उदासिन देखिएको छ । आन्दोलित शिक्षकहरुले जनताका सन्ततिहरुको भविश्यप्रति बफादार हुँदै नेपालको संविधान २०७२ अनुसार निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवहारिक कार्यान्वयन, सामाजिक रुपान्तरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन आजको आवश्यकता हो । अग्रगामी शिक्षा ऐनको माग गर्दै शिक्षकहरु सडकमा आउनुपर्ने बाध्यात्मक व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदछौं ।

नगर अध्यक्ष जीतेश योञ्जन र सचिव टंकप्रसाद बरालको संयुक्त हस्ताक्षरबाट प्रकाशित विज्ञप्तीको अन्त्यमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले गरेको आन्दोलनप्रति पूर्ण रुपमा ऐक्यबद्धता जनाउँदै सडकमा आन्दोलनरत शिक्षकहरुको जायज मागलाई तत्कालै पुरा गरी विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारको पूर्ण पालना गरी बन्द रहेका विद्यालयहरु सुचारु गराउन यथासक्य वातावरण निर्माण गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ अर्जुनधाराको प्रेस विज्ञप्ती