हङकङ र बहराइनले अंक बाँड्दा नेपाल सुपर–३ मा « Yalambar Times
१८ जेष्ठ २०८२, शनिबार

हङकङ र बहराइनले अंक बाँड्दा नेपाल सुपर–३ मा


यलम्वर टाइम्स
३ जेष्ठ २०८२, शुक्रबार १४:४७

झापा । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा समूह ‘सी’ को अन्तिम खेल वर्षाले रद्द हुँदा नेपाली महिला क्रिकेट टोली सुपर–३ मा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका हुन नसकेपछि दुवै टिमले १–१ अंक बाँडेका थिए । त्यसको प्रत्यक्ष फाइदा नेपाललाई भएको छ ।

प्रतियोगितामा नेपाल र हङकङको समान ५–५ अंक भए पनि बढी जित निकालेका आधार नेपालले सुपर–३मा स्थान बनाएको हो ।

आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिग पश्चात २ वा बढी टोली बीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजा विहीन हुँदा ५ अंक भएको थियो ।

प्रतियोगितामा सहभागि ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो । समूहका समूह विजेता सुपर–३मा पुग्ने छन् । सुपर–३को शीर्ष २ टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् ।

नेपालले अब सुपर ३ मा यूएई र थाइल्याण्डको सामना गर्नेछ ।