अर्जुनधारा । कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका लागि बक्सिङ संघ झापाको आयोजनामा शनिबार जिल्लास्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
बिर्तामोड नयाँ बसपार्क स्थित एक्स–३ बक्सिङ क्लबमा भएको छनौट प्रतियोगितामा ९ तौल समूहमा २६ खेलाडीको सहभागिता रहेको थियो ।
महिला ६० केजी समूहमा सुस्मिता श्रेष्ठ, ७५ केजी समूहमा शान्ति कुरुङ्बाङ विजयी हुँदै प्रतियोगिताको लागि छनौट भएका थिए ।
पुरुषतर्फ ४८ केजी तौल समूहमा निरज सिटौला, ५१ केजी समूहमा युवराज भट्टराई, ५४ केजी तौल समूहमा प्रतिक गौतम, ५७ केजी समूहमा अनिल राई र ६० केजी समूहमा अन्वेश भट्टराई विजयी हुँदै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएका थिए ।
त्यस्तै गरी ६३.५ केजी समूहमा रिवाज गुरुङ, ६७ केजी समूहमा भिक्टर राई र ९१ केजी समूहमा रिजन श्रेष्ठले प्रदेशस्तरीय प्रतियोगितामा स्थान सुरक्षित गरेको टेक्निकल डेलिगेट डम्बरबहादुर लिम्बूले जानकारी दिए ।
कार्यक्रममा बक्सिङ संघ झापाका अध्यक्ष युवराज खड्का, पूर्व बक्सिङ खेलाडी प्लेनसिंह धिमाल, एक्स–३ बक्सिङ क्लबका अध्यक्ष जया सुब्बा लगायतको आतिथ्य रहेको थियो ।
छनौट प्रतियोगिताको निर्णायकमा सीताराम सिटौला, तर्कराज राई, रिन्टु हस्ता, प्रशिस रुचाल, तिलमान राई, दिनेशकुमार राय र टेक्निकल डेलिगेटमा प्रशान्त लिम्बू रहेका थिए ।
प्रदेशस्तरीय प्रतियोगिता आगामी जेठ ८ देखि १० गतेसम्म अर्जुनधारामा हुँदैछ ।