अर्जुनधाराको बजेट ९५ करोड ९ लाख « Yalambar Times
१० असार २०८२, मंगलवार

अर्जुनधाराको बजेट ९५ करोड ९ लाख


यलम्वर टाइम्स
१० असार २०८२, मंगलवार १८:०१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि अनुमानित ९५ करोड ९ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ ।

नगर सभाको १७ औं नियमित अधिवेशनमा उपप्रमुख खड्गमाया पराजुलीले सो बजेट पेश गरेकी हुन् ।

नगरपालिकाले पूर्वाधार विकास आयोजनाहरुका लागि १४ करोड ११ लाख, वडास्तरीय कार्यक्रमका लागि ९ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगर सभाले सामाजिक विकास सम्बन्धि कार्यक्रमहरुका लागि ५ करोड ७९ लाख, आर्थिक विकास सम्बन्धि कार्यक्रमका लागि ३ करोड ५३ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

त्यस्तै संस्थागत विकास तथा सुशासन सम्बन्धि कार्यक्रमका लागि एक करोड ५० लाख, वित्तीय व्यवस्थाका लागि २५ लाख रुपैयाँ र नगरपालिकाको प्रशासनिक खर्च व्यवस्था शिर्षकमा १४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटको स्रोत व्यवस्थापनका लागि नेपाल सरकारको वित्तीय समानिकरण अनुदानबाट १६ करोड ८७ लाख, राजश्व बाँडफाँड वापत १३ करोड ९४ लाख, सर्शत अनुदानबाट ३२ करोड ९५ लाख, विशेष अनुदानबाट एक करोड एक लाख, समपुरक अनुदानबाट ३ करोड १४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान एक करोड ५९ लाख १४ हजार, राजश्व बाँडफाँड वापत एक करोड ५४ लाख ९९ हजार, सर्शत अनुदान २ करोड ४३ लाख २१ हजार र समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसरी नै नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट ८ करोड, स्थानीय राजश्व बाँडफाँड वापत ७ करोड ५० लाख जनसहभागिता वापत २ करोड ५० लाख तथा नगद मौज्दात ३ करोड ८७ हजार प्राप्त हुने लक्ष्य राखिएको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको सभाध्यक्षतामा भएको नगरसभाको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, जनप्रतिनिधि, कर्मचारी लगायत सञ्चारकर्मीहरुको बृहत उपस्थिति रहेको थियो ।

सभाध्यक्ष गोम्देनले आगामी असार १६ गते अधिवेशन पुनः सुचारु हुने गरी स्थगित गरेका थिए ।