बक्सिङका निर्णायकहरुलाई प्रमाणपत्र वितरण « Yalambar Times
३१ असार २०८२, मंगलवार

बक्सिङका निर्णायकहरुलाई प्रमाणपत्र वितरण


यलम्वर टाइम्स
३१ असार २०८२, मंगलवार १३:१७

बिर्तामोड । बक्सिङ संघ झापाले राष्ट्रिय निर्णायकहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

भद्रपुरस्थित संघ कार्यालय परिषरमा उनीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।

संघले गत जेठ ७ देखि १० गतेसम्म अर्जुनधारामा आयोजना गरेको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी १३ जना राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र वितरण गरिएको संघका अध्यक्ष युवराज खड्काले जानकारी दिए ।

प्रतियोगितामा अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बासहित दुई जना महिलासमेत सहभागी थिए ।

कार्यक्रममा खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) र बक्सिङ संघका अध्यक्ष खड्का लगायतले राष्ट्रिय निर्णायकहरुलाई प्रमाण पत्र र परिचय पत्र प्रदान गरेका थिए ।