गाउँ आइपुगेको पत्रिकाः यलम्वर « Yalambar Times
७ श्रावण २०८२, मंगलवार

गाउँ आइपुगेको पत्रिकाः यलम्वर


यलम्वर टाइम्स
७ श्रावण २०८२, मंगलवार १३:१५

[अमृता]

हुन त मैले दिपीन राईलाई चिनेको धेर समय भएको छैन । उनले लेखेको वा प्रकाशन गरेको पुस्तक बंकर पढेपछि खुब भेट्न मन लाग्यो । झापामा आदिवासीहरुले पत्रकारिता गर्नु चानचुने थिएन । त्यस्ता कष्टलाई छिचोल्दै पत्रकारिता गरिरहेका राई साँच्चि नै पत्रकारिता गरेरै बाँचिरहेको भेट्न पाएँ ।

उनले सुरुमा मुक्ति आवाज भन्ने पत्रिकाको सम्पादन गर्ने काम गरेका रहेछन् । त्यो पत्रिका कुनै बेला आदिवासीहरुको प्रतिनिधित्व गर्ने आवाज रहेको थियो ।

आदिवासी जनजातिहरुले के चाहन्थे भन्ने कुरा त्यो पत्रिका हेरेपछि पुग्थ्यो । भाषा, धर्म, संस्कृतिसहित समावेशीता र राज्य सत्तामा पूर्ण समानुपातिक अधिकारसहित प्रतिनिधित्व भन्ने आवाजहरु मुक्ति आवाजमार्फत सत्ताधारीहरुलाई भन्ने गथ्र्यो ।

अधिकारसँगै प्रष्ट देखेका, भोगेका र उठेका आवाजलाई लिपीबद्ध गर्दा सम्पादक राईलाई त्यसबेला शाही सेनाले बंकरमा राखेर कठोर यातना पनि दिएको पुस्तक पढ्दा थाहा पाइन्छ ।

तस्करका समाचार लेख्दा गाउँका केही उदण्ड केटाहरुले कुटेर विरिङ खोलामा फ्याँकेको पनि पढे । मर्म स्पर्शी लेखहरु बंकरमा भेटे । यसो हेर्दा एउटा राईको छोरा यति कष्ठपूर्ण पत्रकारिता गर्दै नेतृत्वसम्म पुगेको हो भन्न कुनै आइतबार कुर्नु पर्दैन भन्ने लाग्छ ।

पत्रकारिता फलामको चिउरा चपाउनु सरहको पेशा हो भन्दा हुन्छ । समाचार खोज्नु, कम्प्युटरमार्फत सेटिङ गर्नु अनि प्रेसमा छपाएर पाठकमाझ पुर्याउनु यति कष्टकर पेशालाई अंगाल्दै जनताको भावना र सन्देश प्रदान गर्न चुनौति त छनै ।

त्यसलाई निरन्तरता प्रदान गर्नु अझ ठूलो चुनौति हो । झुक्याएर, धम्काएर, गुलाम गरेर बाँच्नेहरु ठूलठूला महलमा पुग्छन् । चिल्लो गाडी किनेर हिड्छन् । देशविदेश यात्रा सयर गर्छन् तर, त्यो कित्तामा राईलाई भेटिदैन । राई केटाबाट राई बुढो पत्रकारको उपाधी पाउँदै गरेका दिपीन हाल यलम्वर टाइम्सका सम्पादक छन् ।

२०६१ फाल्गुन २ गते बंकरमा शाही सेनाले लगेपछि राजद्रोह मुद्दासँगै थुप्रै महत्वपूर्ण कागजपत्र जलाई दिएका रहेछन् । ९ महिना तारिकपछि उनी स्वतन्त्र भए ।

त्यसपछि उनले थुप्रैको सल्लाहमा यलम्वर टाइम्स सञ्चालन गरेका रहेछन् । त्यस अखबार पनि मुक्ति आवाजकै शैलीमा अगाडि बढ्यो । आवाज विहिन आदिवासीहरुको आवाज बोकेर मात्र उद्य भएन थप ग्रामिण पत्रकारिताको अध्यासमा जुट्यो ।

आज भन्दै भोलि भन्दै यलम्वर टाइम्सको उमेर १८ प्रवेश गर्दै रहेछ । यहाँ सम्पादक कुराभन्दा पनि नेपाली अखबार कसरी सञ्चालन हुँदैछ भन्नेमा बढो कष्टपूर्ण काम भएको हामी पाउँछौं ।

सम्पादक राईका अनुसार ‘नगरौं त कलिलो उमेरदेखि गर्दै आएको काम छाडौ त बुढेसकालमा अरु के गर्ने । त्यसैले दुःख सुख अखबार निकाल्नै पर्यो ।’ सम्पादक राई भन्छन्, पत्रिकाको ग्राहक र विज्ञापनदाता हाम्रा लागि देवता हुन् ।

उनीहरुलाई नै पुजिन्छ । उनीहरुलाई नै सेवा प्रदान गरिन्छ । त्यस्तै देखिन्छ । ग्राहक र विज्ञापनदाताको पैसा संकलन गरेर प्रेसलाई दिँदै आएको थुप्रै भयो । दिनहुँ दिएको त्यो पैसा सम्झने हो भने कुवेरभन्दा कमि भइदैन थियो होला ।

उनको यस्ता थुप्रै घत लाग्दा घटना र शब्दहरु छन् । उनीसँग यलम्वर टाइम्समा किरात राई पत्रकार संघ झापाका अध्यक्ष राजन साम्पाङ राई पनि हुनुहुन्छ ।

उनको मिहेनत र परिश्रमले नै यलम्वर टाइम्स सुन्दर भएर बजारमा आइरहन्छ । लीला राईको कुशल टापिङ र शब्द संकलन पत्रिका शुद्धता पाइन्छ । पहिला शहरमा कार्यालय हुँदा आदिवासीका मात्र समाचार हुने गरेको थियो ।

अहिले गाउँमा कार्यालय भएपछि ग्रामिण आवाज बोक्नु परेको छ, सम्पादक राई बताउँछन् । समयमा अखबार प्रकाशन भएन भने गाउँले पाठकहरुको चित्त दुखाई हुने गर्छ । त्यसैले सबै क्षेत्रबाट प्यारो बनेको रहेछ यलम्वर टाइम्स ।