काठमाण्डौ । राजधानीको राजनैतिक गतिविधि कसैलाई मन परेको छैन ? विशेषगरी ठूला दलमा देखिएको दुर्गन्धित खेलले जनता आजित बनेको देखिन्छ । यस्तो किन नहोस् त ? विकासको नाममा कमिशन, व्यक्तिको नाममा कमिशन, काम गरिदिएको नाममा कमिशन, सिफारिस गरिदिएको नाममा कमिशन, महंगीले आकाश नागेको छ । शिक्षा तथा स्वास्थ्य महंगो बनेको छ । त्यसलाई नियन्त्रण गर्न सत्ता पक्ष निरीह बन्दै गएको अवस्था छ । दलभित्रको नातावाद, शक्ति सञ्चय र आफू नै सर्वोसर्वाको नीति बन्दै गएको कारण जनता आश्रित हुनु स्वाभाविकै हो ।
विशेष गरी एमाले पार्टीभित्रको गुटबन्दी र विद्यालाई रोक्ने रणनीतिले एमालेकै कार्यकर्ता तीनछक्क परेका छन् । नेपालको संविधानमा राष्टूपति सम्मानित भएर बस्नुपर्ने नीति उल्लेख नभएकाले विद्या भण्डारीले राजनीतिमा आउने प्रयास गरेकी थिइन् । तर, एमालेभित्रैबाट भण्डारीलाई छेक्ने भनेपछि अरु जिल्ला के, कस्तो छ ? विराटनगर र संघीय राजधानी राजधानी उकुसमुकुस भएको देखिन्छ । प्रथम पूर्वराष्ट्रपति रामवरण यादवले विद्यालाई राजनीतिमा जान रोक लगाउनु हुँदैन र नीतिमा छैन भनेपछि राजधानी अझ गम्भीर बनेको छ । जबजका हिमायतीहरु विद्यालाई रोक्न नहुने तर्क राख्दै आएका छन् ।
यता कांग्रेसमा पनि आफ्नै मुख्यमन्त्री बनेका बहादुर सिंह लामालाई हटाएर अर्कोलाई मुख्यमन्त्री बनाउने रणनीतिले कांग्रेसमा खैलाबैला मच्चीएको छ । एक प्रकारले हेर्ने हो भने बागमती प्रदेशमा कांग्रेसलाई जनजाति मुख्यमन्त्री नपचेकै हो भन्ने तर्क कांग्रेसभित्रका जनजाति पक्षधरले आवाज उठाउँदै छन् । सत्तामा रहेर जनताको भावना अनुसार काम गर्नु पर्नेमा पार्टीभित्र नातावाद, कृपावादको भूमरीमा फसेर जुन सन्देश कांग्रेसले दिएको छ । त्यसलाई जनताले राम्रो ठानेका छैनन् ।
प्रतिपक्षको रुपमा खरो आवाज उठाउँदै आएको नेकपा माओवादी केन्द्रलाई जनताले राम्रो भन्दै आएको अवस्था छ । तर, बेला–बेला संगठनलाई बचाउ गर्दै केही कदमहरु जनतामााँझ अपाच्य हुने दृश्य देखाएकाले गम्भीर संकट आउने हो कि भन्न थालेका छन् । सदन र सडकमा जनताको भावना अनुसार राम्रै काम गरेको संकेत छ तर, पार्टीभित्र गुट उपगुटसँगै आरोप पत्यारोपले जनता सशंकित बन्न पुगेको देखिन्छ । त्यसलाई मिलाएर माओवादी केन्द्रले लैजान सके जनताको आशाको केन्द्र माओवादी हुन सक्ने विद्वत वर्गको भनाइ छ ।
राप्रपा राज संस्था जोगाउने अवस्थामै केन्द्रीत छ । जनता हरेक कुराबाट आश्रित भइरहेको बेला जनताको मर्म र भावनाभन्दा टाढा भएको कारण अब राप्रपालाई कसरी जनताले लिन्छन् प्रश्न छ । यद्यपी हिन्दु राष्ट्र नेपाल भनेर हिडेको हुँदा हिन्दुवादीले माया गरेकै हो कि ?
अर्को नयाँ दलको रुपमा स्थापित रास्वपा जनताको भावनालाई सम्बोधन गरेर सदनमा आवाज उठाए पनि व्यवहारमा नभएको तर्क बुद्धिजीविको छ । रास्वपामा तर्क गर्ने क्षमतावान सांसद भए पनि अब नेपाली जनताको राम्रो बाटो कता हो भन्ने रणनीति नभएकै कारण जनता अलमलमा परेका छन् । आवाज राम्रो छ तर, रणनीति र अबको बाटो विचार आउन नसक्दा दोधारमा उभिएको हो कि ? भन्नेमा छन् । कांग्रेस र एमालेको विकल्प बन्न सक्ला तर नेपाली जनतालाई अबको बाटो यस्तो छ भन्ने विचार नआएकै कारण सोचे जस्तो नहुन सक्छ । त्यसैले जनता चकित छन् । यता पहिचानवादी दलहरु एकता हुन नसक्दा अर्को निरास हुनु स्वभाविकै छ ।