सहनशीलामा सहकारी शिक्षा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

सहनशीलामा सहकारी शिक्षा


यलम्वर टाइम्स
२९ चैत्र २०८०, बिहीबार ०९:३१

अर्जुनधारा । सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारी के हो ? बैंक के हो ? र लघुवित्तीय संस्था के हो ? यसका विषयमा छर्लङ्ग हुने गरी प्रशिक्षण प्रदान भएपछि सहकारीसँगको कारोबार सुरक्षित र भरपर्दो भएको सहभागिले बताएका थिए ।

सहकारी अभियान्ता डिल्ली दाहालले प्रदान गरेको प्रशिक्षणमा करिब ३० जनाभन्दा बढीको सहभागिता थियो ।

ज्ञानकुमारी थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महिला नेतृ चन्द्रकला भण्डारीले सहकारी शिक्षा बिना कुनै पनि संस्था वा घर परिवार चल्न नसक्ने भएको हुनाले यस्ता खाले तालिम सबै सहकारीले आ–आफ्नो शेयर सदस्यमाझ पुर्याउनुपर्ने बताइन् ।

कार्यक्रममा महिला नेतृ सरस्वती सिटौला, श्रद्धा सहकारीका अध्यक्ष छविलाल शिवाकोटी, पत्रकार दिपीन राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भने व्यवस्थापक पम्फा विश्वकर्माले गरेकी थिइन् ।