बेलबारीमा जसपा गठन « Yalambar Times
१२ आश्विन २०८१, शनिबार

बेलबारीमा जसपा गठन


यलम्वर टाइम्स
५ असार २०८१, मंगलवार ०८:३२

बेलबारी । जनता समाजवादी पार्टी (जसपा) को बेलबारी नगर कमिटी पुनर्गठन भएको छ ।

बेलबारीमा आयोजित रुपान्तरण तथा पुनर्गठन कार्यक्रम मार्फत् युवा नेता अमिर मगरको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको जसपा मोरङ जिल्ला सदस्य कमल गुरुङले जानकारी दिए ।

समितिको उपाध्यक्षमा लिला राई र सन्तोष तामाङ चयन भएका छ्न् भने सचिवमा शिवकुमार राई, सह–सचिवमा शशी राई र नवीन चौधरी र कोषाध्यक्षमा बासुदेव राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपा राई, हरिनारायण कलावर, भरत राई लगायत रहेका छ्न् । जसपा १ नं. प्रदेश समितिका उपाध्यक्ष केशरमान गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापतित्व तिलक साम्पाङ राईले गरेका थिए ।