अभावलाई शिक्षाको रुपमा लिऔं « Yalambar Times
२ श्रावण २०८१, बुधबार

अभावलाई शिक्षाको रुपमा लिऔं


यलम्वर टाइम्स
१२ असार २०८१, मंगलवार ०८:५६

यो साता शिवसताक्षीमा एउटा उदेक लाग्दो घटना भयो, पहिला छोराछोरीलाई विष खुवाईन् त्यसपछि आफै झुण्डिएर आत्माहत्या गरिन् । उनले यो नियती कसरी गरिन त्यो उनैलाई थाहा होला तर, छोराछोरी सहित मृत्युवरण गर्नुमा केही न केही समस्या हुनुपर्छ । यस्तै घटना योभन्दा पहिला गोर्खामा भएको थियो । आर्थिक चपेटामा परेका एक परिवार नाबालक बच्चा सहित श्रीमान श्रीमतीले त्रिशुली नदीमा हाम फालेका थिए । प्रेम आचार्यको कथा सबैले सुनेकै हो र बुझेकै पनि हो ।

अभाव सबैभन्दा छिटो डिप्रेसनको बाटोमा लैजाने माध्यम बनेको देखिन्छ तर, अभावलाई सकारात्मकबाट हेर्ने हो भने केही नहुनेहरुका लागि शिक्षा पनि हो । शिक्षाको रुपमा ग्रहण गरेर समाधानको उपायतर्फ लैजाने र मिहेनत गर्ने हो भने भविश्यको लागि सुन्दर बाटो पनि बन्न सक्छ । मानिसले अभावलाई शिक्षातर्फ नलैजादा शिवसताक्षीमा भएको घटना या गोरखामा एक जोडीले बच्चा सहित त्रिशुलीमा हामफालेको दर्दनाक पीडाको निम्तो जस्तो भएर आएको देखिन्छ । मानिस अभाव बिना बाँच्न पनि सक्दैन । अभाव भएन भने प्रगति गर्न पनि सक्दैन । त्यसैले अभाव नै अन्तिम कडी हो भन्ने सोचबाट धेरै मानिसहरुले धर्ती छाडेका पनि छन् र धेरैभन्दा धेरैले प्रगति पनि गरेका छन् ।

माथि उल्लेखित घटना जस्ता क्रियाकलापलाई रोक्न राज्य वा एनजीओ, आईएनजीओ जस्ता संघसंस्थाले विभिन्न कार्यक्रमसँगै बाँच्ने, जीवन जीउने र लड्न सक्ने कला सिर्जना गर्नुपर्छ । सकरात्मक गोष्ठी, चेतनामूलक छलफल र प्रेरणा उत्पन्न गर्ने कला प्रदान गर्नुपर्छ । धेरै मानिसहरु आर्थिक समस्याबाट विचलन भई धर्ती छाडेका छन् । कोही भागी भागी हिंडेका छन् । धर्ती छाड्नु र भाग्नुले समस्या हल हुन सक्दैन । त्यसलाई पारिवारीक छलफल र स्थानीय सरकारसँग समन्वय गरेर लड्न सके समाधानतर्फ पुग्न सकिन्छ । आर्थिक अभाव टार्न एक्लै सम्भव छैन । केही न केही साहरा आवश्यक छ । मन खाने, मन मिल्ने र परोपकारी भाव भएकासँग जोडिन जरुरी छ । त्यसरी जोडिनु अघि आफू विश्वासीलो भएर अगाडि बढ्न सके मित्रता पनि बढ्ने अभावको अन्त्य पनि हुन जान्छ ।