चौरासी बिगे पैनी बिरिङले भत्कायो « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

चौरासी बिगे पैनी बिरिङले भत्कायो


यलम्वर टाइम्स
५ श्रावण २०८१, शनिबार ०२:५०

रमाइलो बस्ती । अर्जुनधारा–७ जरुवा बस्तीमा रहेको चौरासी बिगे पैनीमा गए राति बिरिङ खोलामा आएको बाढीले क्षति पुर्याएको छ ।

खोलामा आएको बाढीले कटान गरी क्षति पुर्याएपछि पैनीमा पानी उठ्न नसक्ने भएको छ । चौरासी विगे पैनीले अर्जुनधारा–७ को रमाइलो बस्ती, अर्जुनधारा–४ को तिघ्रे कित्ता लगायत करिब ४ सय विगाह जमिन सिञ्चित हुँदै आएको थियो ।

नेपाल सरकार तथा अर्जुनधारा नगरपालिकाले उक्त चौरासी विघे नहरमा रकम छुट्याउँदै आएको थियो । यो वर्ष भने छुट्टिएको बजेटले पूर्ण काम गर्न नपाउँदै खोलाले पैनी कटान गरेको चौरासी विघेका अध्यक्ष तारानिधी भट्टराईले जानकारी दिए ।

अध्यक्ष भट्टराईका अनुसार चौरासी विगे पैनीमा पानी उठेपछि यस क्षेत्रका किसानहरुको मुहार उज्यालो भएको थियो । खोलाले यसरी नै भत्काइदिँदै लग्यो भने अब रमाइलो बस्ती, तिघ्रे कित्ता सुख्खा हुने उनले बताए ।

चौरासी विगेमा यो वर्ष बजेट छुट्टिएको थियो । के कति काम भयो आफूलाई थाहा नभएको बताउँदै वडा नं. ७ का कार्यवाहक अध्यक्ष देवकुमार राईले भने पैनीमा क्षति भयो अध्यक्ष तारानीधि भट्टराई आउनुभएको थियो । वडाले ४० थान तार र २ सय बोरा सिफारिस गरेका छौं ।

अध्यक्ष भट्टराईका अनुसार अब चौरासी विगे पैनीमा सरकारको सहयोगसँगै पैनी (पानी) चाहिनेहरुले श्रमदान गर्नुपर्ने बताए । नत्र पानी नउठ्दा खेत सुकेर जाने निश्चित छ ।