इनर व्हील क्लब अफ अर्जुनधाराको दोस्रो पद हस्तान्तरण सम्पन्न « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

इनर व्हील क्लब अफ अर्जुनधाराको दोस्रो पद हस्तान्तरण सम्पन्न


यलम्वर टाइम्स
१० श्रावण २०८१, बिहीबार ०९:०१

अर्जुनधारा । इनर व्हील क्लब अफ अर्जुनधाराको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुको हक हितसँगै नेतृत्व विकास गर्ने उद्देश्यसहित स्थापित क्लबले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।

क्लबकी संस्थापक अध्यक्ष सुस्मिता खरेलले वर्तमान अध्यक्ष विनिता थापा तामाङलाई ग्याङ्गो बेल, प्रमाणपत्र हस्तान्तरण गर्दै नेतृत्व सुम्पिएकी थिइन् ।

नेतृत्व हस्तान्तरण गर्ने क्रममा संस्थापक खरेलले संस्था स्थापनादेखि दोस्रो पद हस्तान्तरणसम्म आइपुग्दाका गतिविधि प्रस्तुत गरेकी थिइन् ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नगरका सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण, महिलाहरुका लागि सेनेटर प्याड बनाउने तालिम, अर्जुनधारा मन्दिरमा आउने भक्तजनहरुका लागि निःशुल्क पिउने पानी वितरण गरिएको बताइन् ।

संस्थाले मौलिक परम्परामा आधारित तीज मिलन कार्यक्रम, विश्व शान्ति दिवसको अवसरमा दीप प्रज्वलन, विभिन्न संघसंस्थामा आर्थिक सहयोग र महिलाहरुका लागि स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको सुनाइन् ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक चेयर पर्सन आशा श्रेष्ठले महिलाहरुको नेतृत्व क्षमतालाई उठान गर्न इनर व्हील आएको बताइन् ।

उनले इनर व्हील अन्तर्राष्ट्रिय संस्था भएको बताउँदै यसको संरचनात्मक ढाँचा र यसले गर्ने कामका विषयमा जानकारी दिएकी थिइन् ।

प्रमुख अतिथि श्रेष्ठले अर्जुनधारा शाखा नयाँ शाखा भए पनि समाजमा राम्रा राम्रा गतिविधि गर्न सफल भएको भन्दै आगामी दिनमा शाखाका लागि तालिमहरुको व्यवस्था गर्न आफू लागि पर्ने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री उद्धव थापाले महिलाहरुको क्षमतामा वृद्धि भएमात्र देश समृद्ध हुने बताए । उनले संस्थाका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता दिए ।
अध्यक्ष तामाङले पदभार ग्रहण गरेपछि संस्थालाई उचाईमा पुर्याउने अभिभारा आफूमा आएको बताइन् ।

उनले पहिला आफू सामान्य महिला भए पनि अब भने सामाजिक उत्तरदायित्वको जिम्मेवारी थपिएको बताउँदै टिमको सक्रियतामा संस्थालाई अगाडि बढाउने बताइन् ।

कार्यक्रममा खेलकुद महासंघ झापाका प्रशान्त भण्डारी, लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आईएसओ इनर व्हील प्रार्थना अनी कार्की गोम्देनले वाचन गरेकी थिइन् भने मिना रिजाल पौडेलले प्रोजेक्टरमार्फत शाखाको गतिविधि प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी पूर्णिमा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा इनर व्हील बिर्तामोडकी सम्झना भण्डारी, भक्ति सिटौला, अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकी, पम्पा विश्वकर्मा, चन्द्रकला भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव पूजा नेपालले गरेकी थिइन् ।