जनमुक्तिका दुई मेयर पदका उम्मेद्वारहरु « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

जनमुक्तिका दुई मेयर पदका उम्मेद्वारहरु


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार ११:५३

Rjmpअर्जुनधारा / राष्ट्रिय जनमुक्ति पार्टीले संविधान संशोधन गर भन्दै सडक आन्दोलन गरिरहेको बेला स्थानीय चुनाव अघिपछि भए सहभागि हुने समेत संकेत गरेको छ ।

‘पहिलो कुरा हामी संविधान संशोधनका बुँदामा जान्छौ । हामीले भनेका बुँदाहरुलाई ठूला राजनीतिक दलले सम्बोधन गरे चुनावमा लड्न पनि पछि हट्दैनौं ’ अध्यक्ष केपी पालुङ्वाले प्रतिक्रिया दिए । चुनावको लागि छुट्टै अवधारणा र रणनीति तर्जुमा गर्दैछौं । त्यसको लागि पहिलो पटक मेयर पदका लागि पार्टीले फुङलिङ नगरपालिका ताप्लेजुङबाट प्रकाश येङदेन र ललितपुर नगरपालिकाबाट रोशन महर्जनको नाम चर्चामा ल्याएको छ ।

येङदेन जनमुक्ति पार्टीका पुराना संस्थापक नेता हुन् । महर्जन राप्रपा नेपाल परित्याग गरी जनमुक्ति पार्टीमा पछिल्लो पटक प्रवेश गरेका हुन् । ति दुवैको हैसियत आ–आफ्नो क्षेत्रमा त्यतिकै रहेको पार्टीले जनाएको छ ।

यसरी नै स्थानीय क्षेत्रमा प्रशासक तथा नगरपालिकालाई संविधानकै संशोधनकै विषयमा ज्ञापनपत्र बुझाउँदै उम्मेद्वारी निर्माणमा पनि जुट्दै गरेको छ । झापाका सबै नगरपालिका र गाउँपालिकामा उम्मेद्वारी दिने पार्टी अध्यक्ष पर्शुराम मगरले बताएका छन् ।

पार्टीले लोकतन्त्रमा पनि जनता पञ्चायती शैलीको शासन भोग्न नपरोस् भन्दै स्थानीय चुनावी घोषाणपत्र निर्माणमा जुट्दै गरेको पार्टी केन्द्रीय महासचिव केशव सूर्यवंशीले जानकारी दिए ।