लिम्बूवान क्षेत्रमा चुनाव हुँदैन « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

लिम्बूवान क्षेत्रमा चुनाव हुँदैन


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार ११:५८

kumar lingdenअर्जुनधारा / मञ्च सम्बद्र्ध संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले लिम्बूवान क्षेत्रमा कुनै पनि हालतमा स्थानीय चुनाव हुन नसक्ने बताएका छन् ।

दमकको कोणसभालाई सम्बोधन गर्दै लिम्बूवान प्राप्तिको आन्दोलनमा हुर्केको पार्टी भएको हुँदा यस संगठनको भावना विपरीत भएर चुनाव नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार दमकमा भएको लाट्टी जुलुुसमा संघीय गठबन्धन र विप्लव समूहले निर्वाचनको विरोध गर्दै लाट्टी प्रदर्शन गरेका थिए ।

मंगलबार लिम्बूवान प्राप्तिको आन्दोलनमा संगठित राजनीतिक दल चुम्लुङसहितको भेलाले निर्वाचनमा सहभागि नहुनका लागि आफ्ना कार्यकर्तालाई अनुरोध गरेका छन् ।