‘विषादी मुक्त नगर बनाउँछु’ « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

‘विषादी मुक्त नगर बनाउँछु’


यलम्वर टाइम्स
२८ जेष्ठ २०७४, आईतवार ०८:५०

hariअर्जुनधारा / नेकपा एमालेबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेद्वार बनेका हरिकुमार रानाले आफ्नो नगर विषादीमुक्त क्षेत्र बनाएर १ नम्वर प्रदेशकै नमुना नगरपालिकाको रुपमा उभ्याउने बताएका छन् ।

वडा नं. ८ अन्तर्गत शनिश्चरे बजारको देवकोटा पार्कमा भएको सभामा मन्तव्य राख्दै मेयर पदका प्रत्यासी उम्मेद्वार रानाले मत माग्ने क्रममा सबै वडामा पुग्दा धेरै दर्दनाक कष्टहरु जनताले झेलेर बसेको प्रत्यक्ष देखेको छु त्यसको उचित समाधानको लागि आफ्नो विजय सुनिश्चिपछि ति जनताका कष्टहरुलाई निमिट्यान्न पार्न आफू डटेर लाग्ने बताए । उनले केन्द्रका अधिकार गाउँमा ल्याउँदा जनताले स्थानीय अधिकारको महशुस गर्ने छन् ।

त्यसलाई आफू सक्रिय भएर देखाइ सुकुम्बासी समस्या, नसर्ने रोगबाट ग्रसित रोगीहरुका लागि उचित औषधी उपचारको व्यवस्था, असाहय अपाङ्गको लागि राज्यले दिइआएकोलाई सरलता प्रदान गर्ने, नगरको विकासमा नगरबासीकै सल्लाह अनुसार हित हुने खालका काममा अगाडि बढ्ने जस्ता प्रतिवद्धता राखेका थिए ।

सभामा एमालेकी महिला नेतृ देवीमाया भट्टराईले महिलाका समस्यालाई आफ्नो पार्टी प्राथमिकताका साथ लाग्ने बताएकी थिइन् । नगर अध्यक्ष प्रेमसागर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा १ नम्वर प्रान्तीय कमिटीका सदस्य बृख प्रधानले योग्य र सक्षम उम्मेद्वार उभ्याइएको हुँदा सहयोग गर्न सबैमा आग्रह गरेका थिए ।

कार्यक्रममा शनिश्चरेका पूर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका क्रियाशिल अशोक विष्ट र समाजसेवी नेपाली कांग्रेसका क्रियाशिल सदस्य विष्णु थापाले एमालेलाई बहुमतले जीताउँने भन्दै मन्तव्य राखेका थिए ।