कांग्रेसका मेयर र उपमेयर पदका उम्मेद्वार घरदैलोमा « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

कांग्रेसका मेयर र उपमेयर पदका उम्मेद्वार घरदैलोमा


यलम्वर टाइम्स
२८ जेष्ठ २०७४, आईतवार ०९:०१

22अर्जुनधारा / नेपाली कांग्रेसबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार हेमराज खरेल र उपमेयर पदका उम्मेद्वार सरस्वती सिटौला गोले यो बेला जनताको घरदैलोमा मत लिनका लागि हिंहिरहेका छन् ।

घरदैलो अभियान गर्ने क्रममा जनताका असंख्याक पीडाहरु रहेको मेयर पदका उम्मेद्वार खरेलले जानकारी गराए । उनले आफू जनता माझबाट मेयर पदमा आउन सके देखा परेका समस्यालाई समाधान गर्न आफू लाग्ने प्रक्रिया दिए । अर्जुनधारा नगरपालिका वडा नं. ३ मा घरदैलो गर्दै मत मागिरहेका छन् । उनले विरिङको कटान, टाङटिङको पीडासँगै जंगली हात्तीले गर्ने नोक्सानी बारे राम्ररी बुझेको प्रतिक्रिया दिए । खरेलले अर्जुनधारा नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने मत माग्ने क्रममा बताएका छन् ।

उनीसँगै उपमेयरका उम्मेद्वार सरस्वती सिटौला गोले पनि मत माग्दै हिंडिरहेकी छिन् । प्रष्ट बोल्न र ग्रामिण जनताको दुःख, कष्ट बुझ्न सक्ने क्षमता ममा छ तपाईको अमूल्य मतबाट विजय हासिल गरे भने महिलाका पीडा मात्र होइन, असंख्यक कष्ट अन्तर्गत बिजुली, पानी, बाटोघाटो र न्यायीक काममा यहाँहरुको साथमा रहनेछु भन्दै मत माग्दै हिंडेकी छिन् ।

शिवनारायण प्राविको प्रअबाट अवकाश लिएर उपमेयर पदमा उठेकी सिटौलाले महिलाको पीडा र त्यसबाट माथि उठ्ने काममा आफ्नो योगदान रहने बताए । उनीसँगै धेरै शुभचिन्तक मेयर पदका उम्मेद्वार खरेल लगायत कार्यकर्ताहरु मत माग्न लागि परेका छन् ।