बुटवलमा जनमुक्ति पार्टीको घरदैलो अभियान तिब्र « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

बुटवलमा जनमुक्ति पार्टीको घरदैलो अभियान तिब्र


यलम्वर टाइम्स
५ असार २०७४, सोमबार १२:१७

Rjmp3 कमल चौधरी

बुटवल / यही असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।

बुटवल उपमहानगरपालिकामा आफ्नो पार्टीको जित सुनिश्चित गर्नका लागि वडा तहमा घरदैलो तथा आन्तरिक भेटघाटलाई तिब्र बनाएको बुटवल वडा नं. १४ का वडा सदस्यका उम्मेद्वार भिमबहादुर रानाले जनकारी दिए ।

राष्ट्रिय जनमुक्ति पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा क्या. जनक थापा र उपमेयरमा धनी आले मगरलाई उम्मेद्वारको दार्ता गराएको छ । उमेद्वारीको दार्ता गराएसँगै राष्ट्रिय जनमुक्ति पार्टी अहिले चुनावी घरदैलो तथा प्रचार–प्रसार अभियानलाई अझ तिब्र रुपमा अगाडी बनाएको छ । घरदैलोको क्रममा राष्ट्रिय जनमुक्ति पार्टीले सोमबार बुटवलको वडा नं. १४ मोतीनगर, मोतिगंज, कृष्णगंज, भलधोत्री, बेलभरीया र पदमपुरमा मेयर, उपमेयर तथा वडा अध्यक्ष, सदस्यका उम्मेद्वार सहितको सयौंको संख्यमा घरदैलोमा व्यस्त रहेको छ ।

घरदैलोको क्रममा मेयर पदका उम्मेदवार क्या. जनक थापामगरले स्थानीय जनताको समस्याहरुलाई बुझेर अगाडि बढ्ने बताए । उनले स्थानीय समस्या समाधन गर्दै ऐतिहासिक तथा भौतिक संरचनाको विकास तथा निर्माणमा आफ्नो पहिलो प्राथमिकता रहने जानकारी दिए । साथै उनले चुनावको बेलामा मतदाताहरुलाई विभिन्न किसिमको प्रलोभनमा देखाउँने हुँदा स्थानीय तहको विकास र जनताको अधिकार स्थापित गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीको ‘घर’ चिह्नमा मतदाताहरुलाई मतदान गर्नको लागि अपिल समेत गरे ।Rjmp2

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीकै तर्फबाट उपमेयरको उम्मेद्वारी दिएकी धनी आले मगरले आफूहरुले अश्वासन नदिईं काम गरेर देखाउने बताए । उनले जनताको सुःख, दुःखको एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको भन्दै बुटवल उपमहानगरपालिकालाई एउटा नमुना शहरको रुपमा विकास गर्नको लागि राष्ट्रिय जनमुक्ति पार्टीलाई विजयी गराउँनु पर्ने भन्दै मतदाताहरुसँग भोट मागेका थिए ।

बुटवल ऐतिहासिक, धार्मिक तथा भौगोलिक रुपमा सम्पन्नशिल रहेको भन्दै उनले यस नगरलाई बहुआयामिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । पर्यटन व्यवसायलाई बहुआयमिक ढंगले विकास र विस्तार गर्नको लागि योजनाबद्ध ढगंले अगाडि बढ्ने प्रतिबद्धाता समेत जाहेर गरेकी थिइन् ।

त्यस्तै घरदैलोकै क्रममा वडा नं १४ का वडा अध्यक्ष हेमन्त बुढथोकी मगरले भ्रष्टाचारको अन्त्यको लागि राष्ट्रिय जनमुक्ति पार्टीलाई स्थानीय चुनावमा विजयी गराउँनुपर्ने बताए । उनले जनताले बैकल्पिक शक्तिको खोजी गरिरहेका छन्, भन्दै अब राष्ट्रिय जनमुक्ति पार्टीलाई कुनै पनि पार्टी वा तागतले रोक्न नसक्ने प्रतिक्रिया दिँदै आम जनताले राष्ट्रिय जनमुक्तिको विचार र सिद्धान्ताबाट प्रभावित भएको हुँदा जित सुनिश्चित रहेको बताए । वडामा आफ्नो छुट्टै पहिचान बनाउन सफल विगत लामो समयदेखि समाज सेवामा क्रियाशिल युवा नेता हेमन्तले पछिल्लो समयमा राष्ट्रिय जनमुक्ति पार्टीमा आउँनेको लहर चालेको जानकारी दिए ।

Rjmp1उनले वडालाई सुकुम्बासी समस्याको समाधान, हरियाली, वातावरण मैत्री, प्रदुषण मुक्त, पार्किङ् व्यवस्थापन, मनोरञ्जन स्थल र खेलकुद मैदानको निर्माण लगायतका कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाईने प्रतिबद्धता जनाए ।

त्यस्तै वडामा भएका कच्ची सडकलाई पक्की बनाउने, सबै ग्रामिण भेगमा पनि विकासको गति बढाउने, विद्युतको समस्याको दीर्घकालीन समाधानका लागि पनि योजनाबद्ध तरिकाले काम गर्ने उनले उल्लेख गरे ।