लारुम्बामा जनमुक्तिको विजय « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

लारुम्बामा जनमुक्तिको विजय


यलम्वर टाइम्स
२४ असार २०७४, शनिबार ०३:४१

 लारुम्बा / माङ्सेबुङ गाउँपालिका वडा नं. ५ लारुम्बामा राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको छ ।

विजयी हुनेमा नरेन्द्र राई, सदस्यमा तिलरुपा लिम्बू, पवित्रा तुम्बाहाम्फे, खड्गबहादुर तुम्बाहाम्फे, एक दलित महिला लगायतको टिम रहेको माङ्सेबुङका हाम्रा प्रतिनिधिले जानकारी दिए । उनका निकतम् प्रतिद्वन्दी एमाले रहेको थियो ।

यसरी नै वडाध्यक्ष जीतेपछि नरेन्द्र राईले विकासको काममा सबै दलसँग हातेमालो गरी अगाडि बढ्ने बताए । उनले किराँत धर्मको रक्षा र संरक्षणमा सक्रिय रहने बताउँदै लारुम्बालाई विकासको गतिमा बढाउन विशेष भूमिका रहने, मुन्धुमी पाठशालाको विकास गर्दै सबै जाति, धर्म, सम्प्रदायका मानिसले किरात धर्म, बुझ्न सक्ने सजिलो वातावरण बनाउन पहल गरिने बताए ।

अध्यक्ष राईले पूर्वकै ऐतिहासिक धरोहरको रुपमा रहेका किराँतीहरु आफ्नो धर्मसंस्कृतिको ग्रन्थ बुझ्न र अवलोकन गर्न इलामको लारुम्बा महत्वपूर्ण स्थल बनाउन सबै दलसँग सहकार्य गर्ने बताए ।