बिर्तामोड उद्योग वाणिज्य संघको जिम्मा अब भट्टराईलाई « Yalambar Times
२३ भाद्र २०८१, आईतवार

बिर्तामोड उद्योग वाणिज्य संघको जिम्मा अब भट्टराईलाई


यलम्वर टाइम्स
२४ श्रावण २०७४, मंगलवार ०८:५३

झापा / विर्तामोड उद्योग वाणिज्य संघ अध्यक्षमा कुमार भट्टराई निर्वाचित भएका छन् । भट्टराईले निकतम प्रतिष्पर्धी हनुमान मित्तललाई २३५ मतअन्तरले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले ११३१ मत प्राप्त गर्दा मित्तलले ८९६ मत प्राप्त गर्नुभएको थियो भने अर्का अध्यक्ष पदका प्रत्यासी हरि प्रसाईले ११८ मत प्राप्त गर्नु भएको निर्वाचन समिति सदस्य शिवकुमार अग्रवालले जानकारी दिए ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी विजयी भएका छन् । निकटम प्रतिस्पर्धी गंगाप्रसाद मैनालीलाई ७०८ मतले पछि पार्दै शिवाकोटी निर्वाचित भएका हुन् , मैनालीले ६५४ मत प्राप्त गरेका थिए । यसैगरी कूलप्रसाद खरेललाई ४५८ मत अन्तरले पछि पार्दै र उद्योग उपाध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १२३६ मत प्राप्त गर्दा खरेलले ७७८ मत प्राप्त गरेका थिए ।

बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया १०५४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। चिमरियाले प्रतिष्पर्धी शार्दुलहाङ ओलीलाई १०९ मतले पछि पारेका हुन् । ओलीले ९३६ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा पार्वता विमली निर्वाचित भएका छन् । विमलीले प्रतिष्पर्धी दुर्गा खतिवडालाई ५४७ मतअन्तरले पछि पार्दै विजयी भएका हुन् । विमलीले १२६७ मत प्राप्त गर्दा खतिवडाले ७२० मत प्राप्त गरेका थिए । यता महासचिवमा सुवास भट्टराईलाई २५५ मतले पछि पार्दै प्रशान्त भण्डारी विजयी भएका छन् ।

भण्डारीले ११३० मत प्राप्त गर्दा भट्टराईले ८७५ मत प्राप्त गरेको बताइएको छ ।
यसैगरी सचिवतर्फ उद्योग सचिवमा ११६४ मत प्राप्त गर्दै रविन्द्र भट्टराई निर्वाचित भएका छन् । निकटम प्रतिष्पर्धी राजन थापाले ८२३ मत प्राप्त गरेका थिए भने वाणिज्य सचिवमा प्रकाश घिमिरे निर्वाचित भएका छन् । घिमिरेले प्रतिष्पर्धी घनश्याम चौधरीलाई ४५ मतले पछि पारेका थिए । चौधरीले ९७१ मत प्राप्त गरेका थिए ।

यसैगरी कोषाध्यक्षमा २३९ मतअन्तर पार्दै मनोज अग्रवाल निर्वाचित भएका छन् । पवन खेडियालाई २३९ मतअन्तरले पछि पार्दै अग्रवाल निर्वाचित भएका हुन् । खेडियाले ८५८ मत प्राप्त गरेका थिए ।

बाणिज्य संघको निर्वाचनमा व्यवसायीहरु अलग अगल प्यान बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए । त्यसैगरी सदस्यहरुमा खगेन्द्र खरेल, कुशल खतिवडा, राजकुमार घिमिरे, गौरीशंकर गुप्ता, सञ्जीव घिमिरे, राजकुमार साह र राजु सापकोटा, विजयी भएका छन् । यता महिला सदस्यतर्फ उर्मिला खरेल र राधिका चुडाल निर्वाचित भएका छन् ।