वाम गठबन्धन क्षेत्र नं. २ प्रदेश ‘ख’ का उम्मेदवार बृख प्रधानलाई नजिकबाट नियाल्दा « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

वाम गठबन्धन क्षेत्र नं. २ प्रदेश ‘ख’ का उम्मेदवार बृख प्रधानलाई नजिकबाट नियाल्दा


यलम्वर टाइम्स
४ मंसिर २०७४, सोमबार ०९:४७

अरुको भावनालाई कदर गर्दै भौतिक परिवेशलाई आधार मानी यथार्थ कुरा गर्ने, चाकडी–चाप्लुसी नरुचाउने, अन्याय–अत्याचारविरुद्ध हर्दम निर्मम् हुने विश्लेषणात्मक प्रखर क्षमता राख्ने सङ्गठनभित्र अमित छाप पारिसकेका बृख प्रधानसँग लिइसकेको कार्यभर कुशलतापूर्वक सम्हाल्न सक्ने क्षमता छ ।

उहाँको राजनैतिक जीवनमा छल्कने न कनै धारको असर छ, न कुनै खहरेको प्रभाव छ, न कुनै आक्रोश मुहारमा भेटिन्छ, न कुनै उत्तेजना छ, न कहिल्यै पार्टी अदलबदलको परिचय छ । न कुनै दम्भ छ, न कुनै आडम्बर छ, सधैं एकनाशे जीवनशैली छ, सधैं निरन्तर एक वेगले अघि बढिरहेको बृख प्रधानमा अन्य नेताभन्दा अनेक गुणमा फरक विशेषता छन् ।

अध्ययन, अनुसन्धान, चिन्तन, संगठन, व्यवहार, नैतिकता क्षेत्रमा उहाँका जुन फरक विशेषता छन्, तिनले नेपालको लोकतान्त्रिक गणतन्त्र र वाम आन्दोलनमा एउटा इटा थप्ने काम गरेको छ । २०१२ साल कार्तिक ११ गते ताप्लेजुङ्ग गाविस स्थित सुरुङखिममा जन्मिएर यहाँसम्म आएका बृख प्रधान बुबा स्व. हस्तबीर प्रधान र आमा स्व. नरमाया प्रधानको कान्छा सुपुत्र हुनुहुन्छ, पाँच दशकदेखि अर्जुनधारा नपा. वडा नं. ११ सालबारी, झापामा बसोबास गदै आउनुभएको छ ।

उहाँ मंसीर २१ हुने निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का संयुक्त बामगठबन्धन राष्ट्रियवादी शक्तिका तर्फबाट उम्मेदवार रहनुभएको छ । अहिले हाम्रो ध्यान प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनतर्फ खिचिएको छ । यतिबेला उहाँको बारेमा स्पष्ट हुन आवश्यक छ । यही परिप्रेक्ष्यमा बृख प्रधानको जीवनशैली र प्रेरणदायी रोचक त छँदै छ, उहाँको गुण र योगदानबारे सागर गौतमले लिएका केही आयामहरु तल प्रस्तुत गरिएको छ ।

झापा आन्दोलनले जन्माएको झिल्को

झापा आन्दोलनले २०२८ सालमा एउटा तरङ्ग कम्युनिष्टहरुमा ल्यायो । त्यही पेरिफेरिमा बृख जानेर या नजानेर आन्दोलनमा होमिनुभयो । गरीबले खेत जोप्ने र धान लहलह फल्ने साहुले तिनै किसान लगाएर धान थन्क्याउने तर ती काम गर्ने जनता भोकभोकै मर्नु पर्ने अवस्था थियो । जमिनदारहरु सक्रिय थिए, उनीहरु गरिबलाई दमन गर्न थाले । जसले गर्दा उहाँमा उकुसमुकुसको भावना पैदा उत्पन्न हुन पुग्यो । बदलाको भावना जाग्यो, त्यसपछि कम्युनिष्ट पार्टीको नजिक रहे, आफूलाई समर्पित गदै लगे ।

भष्ट्राचारले जनतालाई आक्रान्त बनाएपछि विरोधको आन्दोलनको निम्ति धान चामल निर्यात कम्पनी मंहगो भएपछि विभिन्न आन्दोलनमा सक्रिय भएर अघि बढे । जमिनदारको शोषण विरुद्ध धुलाबारी, भद्रपुर लगायत स्थानमा नारा जुलुसमा समेत उपस्थिति रह्यो । भूमिगत कालिन जीवनमा अत्यन्तै कष्टकर हुन्छ तर मैले भरपूर सदुपयोग गरे । बजारमा उपलब्ध हुने पुस्तक, पत्रपत्रिका खोजी खोजी पढ्ने मेरो बानी थियो ।

चीनमा कम्युनिष्टले गरेको क्रान्ति नामक सचित्र चीन भन्ने पत्रिका पढ्न थालेपछि कम्युनिष्ट आन्दोलनमा लाग्ने अठोटमा पुगे । सचित्र चीन पत्रिकाको किसान आन्दोलन शोषण उत्पीडन, मुक्तिको विषय सम्बन्धी लेखिएको रहेछ, मेरो मन असाध्यै छोयो । कम्युनिष्ट साथीहरुको सल्लाह र चीनमा कम्युनिष्ट पार्टी विजयोन्मुख रहेको अवस्था बुझेर कम्युनिष्ट पार्टीको सदस्य भएर हिड्न मन लाग्यो । झन् उषा पत्रिका, धरानबाट एउटा कम्युनिष्टहरुको मुखपत्र निस्कन्थ्यो त्यो पनि उत्तिकै मात्रामा पढ्ने गर्थे ।

भियतनाम नामक योद्धा क्रान्तिको न्युगेन प्रयास विषय पुस्तक पढ्थे, सामाजिक विभेद विरुद्ध अनवरत रुपमा पौठेजोरी खेल्दै क्रान्तिकारी स्वभाव भएका व्यक्तिलाई त्यो बेला चुम्बक झैं तान्छ, मैले पुस्तक पढे जस्तो वास्तवमा अनेरास्वयुका साथीहरुको व्यवहार मिल्थ्यो, त्यसपछि नियमित पार्टीको माध्यमबाट सम्पर्कको काम हुन थाल्यो ।

सेल्टर नै विश्वविद्यालय

उहाँ ०३६ सालदेखि भूमिगत गतिविधिको बारेमा कम्युनिष्ट आन्दोलन विद्यार्थी, किसान, जनसांस्कृतिक मञ्चमा आम्बद्ध भएसँगै संगठनात्मक काममा अघि बढ्नुभएको थियो । त्यस्तै शनिश्चरे सालबारीमा एउटा भूपू विद्यार्थी संगठनको आम्बद्ध हुन पुग्नुभयो । केन्द्रिय कमिटीमै रहने नेतृत्वदायी हैसियत भएका नेताहरु अमृत बोहोरा, इन्द्र बुढाथोकी, मेनुका काफ्ले, कालीदास श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, नारायणसिंह राजवंशी, बेदराज रेग्मी, धर्मकला चुडाल, देवकुमार आचार्य लगायत कमरेडको सेल्टर मेरो घर थियो, यो ०४२ सालको कुरा हो । घरमै पार्टीको राजनैतिकको केन्द्र भएपछि सहज त हुँदै भयो मेरो राजनैतिक जीवनको विश्वविद्यालय समेत हुन पुग्यो  । नेताहरु बीचमा त्यो बेला नेपालमा सामन्तवादी र सम्राज्यवादी प्रभुत्वलाई सदाका निम्ति अन्त्य गर्ने, आम नागरिकलाई पूर्ण स्वतन्त्रता, लोकतन्त्रिक गणतन्त्र, मौलिक अधिकार, आर्थिक अधिकारहरुको प्रत्याभूति दिने लगायतका विषयमा छलफल हुने गथ्र्यो ।

संङ्गठनमा भूमिका

०३७ सालदेखि भूमिगत गतिविधिको सरिक भई विद्यार्थी, किसान, जनसांस्कृतिक पार्टीका फाँटहरुमा काम गरे । शनिश्चरे सालबारीमा भूपू विद्यार्थी संगठनको सदस्यमा भएर काम पनि गरे । त्यसताका कम्युनिष्ट पार्टीको सक्रिय दल, पार्टी सक्रिय दल भन्ने एउटा कमिटी थियो । यो ०४१ सालको कुरा हो । म त्यसमा रहेर काम गर्न थाले । उहाँको जनपक्षीय उम्मेद्वार दौर्णचार्य क्षेत्रीलाई विजय गराउन समेत उहाँको विशेष भूमिका रह्यो ।

०४७ मा अर्जुनधारा, शनिश्चरे गाँउ कमिटी सदस्य हुँदै अखिल नेपाल किसान संघ क्षेत्रीय सचिव, इलाका कमिटी सदस्य हुँदै सचिव, क्षेत्रीय समन्वय कमिटीको सदस्य, इलाका कमिटी सचिव, ०५४ जिल्ला विकास समिति झापाको सदस्यमा निर्विरोध निर्वाचित हुन् पुगे । सोही बेला पार्टी विभाजनपछि धरायासी भएको पार्टीलाई जोड्न मुख्य भूमिका रह्यो ।

०५६ सालमा के.पी ओली उम्मेद्वार हुँदा स्वसेवक कमान्डर थिए, संघीन घडीमा अत्याधिक युवा साथीहरु परिचालन गदै विजय हुन सफल भइयो । त्यसपछि म शनिश्चरे अर्जुनधारा–५ इलाका सचिव २ कार्यकाल हुँदै बुधबारे शनिश्चरे–९ नम्बर इलाका सचिव समेत भए । छौठौं अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भए, सातौं अधिवेशनमा उपसचिव पदमा उम्मेदवारी दिएको थिए केही मतले पराजित भए, त्यसपछि पार्टीको नयाँ संरचना अनुसार राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको जिम्मेवारी सहित मेची अञ्चल समन्वय कमिटीको सदस्य भएर काम गदै आए वर्तमानमा प्रदेश नम्बर–१ कमिटीको सदस्यको जिम्मेवारी रहेको छ ।

सामाजिक क्षेत्रमा नेतृत्व

जीवनको पूर्णकालिन कार्यकर्ता भएर अहोरात्र खट्ने प्रधान पार्टीगत काम मात्र होइन । सामाजिक क्षेत्रमा समेत उतिकै समर्पित हुँदै सफलता पूर्वक विभिन्न जिम्मेवारीे बहन गरिसक्नु भएको अनुभव सुनाउनुहुन्छ । उहाँको योग्यता, क्षमता, समाजप्रतिको निरन्तर पत्याएको अवस्था, यसबाट उहाँले प्राप्त गरेको अनुभव, स्वप्नशीलता, सोच्न सक्ने क्षमता योजना निर्माणमा कर्तव्यण्यता, दुरद्रष्टारणकौता सन्तुलनकारी भूमिका, नयाँपनको अपेक्षा पूरा गरेको हुँनाले विभिन्न सामाजिक क्षेत्रमा पटक–पटक नेतृत्व समालिसक्नु भएको छ ।

महारानीगञ्च माध्यामिक विद्यालयको दुई कार्यकाल व्यवस्थापन समितिको अध्यक्ष, दुई कार्यकाल आदिवासी जनजाति महासंघ शनिश्चरे गाँउ समितिको अध्यक्ष, अर्जुनधारा नगर आदिवासी जनजाति महासंघ समन्वय परिषदको अध्यक्ष, नेपाल बहुउदेश्यीय सहकारी संस्थाको कृषि समितिको संयोजक, सालबारी खानेपानी सरसफाई समितिको संस्थापक रहँदै चार कार्यकाल अध्यक्ष रहेर काम गरिरहनु भएको छ । सुखानी सहित स्मृति प्रतिष्ठानको केन्द्रिय कार्यकारी सदस्य, सहिद उद्यानको अध्यक्ष हुनुहुन्छ । सहिद उद्यान केन्द्र र शनिश्चरे बजार परिषरमा रहेको आदिवासी जनजाति, दलित भवन उहाँको नेतृत्वमा निर्माण भएको बताइन्छ ।

विश्लेषण गर्ने क्षमता

विश्वविद्यालय शिक्षाका अतिरिक्त माक्र्सवादी दर्शन, चिन्तन, समुदायबाटले लिएको शिक्षा, दिक्षाले उहाँमा विश्लेषणमूलक अध्ययन गर्नेहरुमा अग्रपङक्तिमा हुनुहुन्छ । बजारमा उपलब्ध पुस्तक खोजी खोजी पूरै समय लगाई अध्ययन गर्ने बानी रहेको छ । इतिहास, दर्शन, समाजशास्त्र जस्ता विषयमा उहाँको अध्ययन गहिरो पाइन्छ । प्रधानको मौलिक प्रतिभा, जीवनको संघर्षको अनुभव र अध्ययनको गम्भीरताले उहाँमा विश्वको समुदाय साराशं हेरेर निष्कर्ष निकालने र सुदूर भविष्यको योजनाबारे स्पष्ट रुपमा सोच्न र यसबारे बोल्न सक्ने विश्लेषण क्षमताको विकास भएको पाइन्छ ।

मनु राजनैतिक परिवर्तनको आन्दोलनमा

झापा आन्दोलनबाट उत्प्रेति भएका बृख पार्टी भूमिगत अवस्थामा मनु नामले चिरपरिचित रहनुभयो, ०४६ सालको संयुक्त जनआन्दोलनमा अग्रसर हुनुभयो । मुलुकलाई परिवर्तन, कम्युनिष्ट, उदीयमान शक्ति सहित राष्ट्रवादी शक्ति मिलेर अघि बढे मात्र स्थिर सरकार मार्फत जनताका चाहना पूरा गर्ने सकिन्छ भन्नुहुन्छ । ०६२÷०६३ को आन्दोलनमा समेत उहाँको सक्रिय भूमिका पाइन्छ । आन्दोलनमा अग्रणी भागमा उभिन नडराउने बृख राजनैतिक परिवर्तनको आन्दोलमा देश र जनताको निम्ति आफूलाई सधैं सरिक गराउनुभयो ।

आर्थिक पारदर्शिता

घाँटीमा मालाझैं हरदम चश्मा झुन्ड्याएर हिड्ने बृखले नेतृत्व गरेका एक दर्जनभन्दा बढी संघसंस्थाहरुको आर्थिक प्रबन्धमा अत्यन्तै पारदर्शिताको भएको पाइन्छ । धन कमाउन सुखसयल व्यतित गर्न व्यक्तिगत लाभ लिन कहिल्यै लाग्नुभएन, धन भन्दा उहाँलाई समुदाय र त्यसको परिवर्तन गर्ने कुरा प्यारो लाग्यो रे । उहाँले समुदाय र त्यसको परिवर्तनको निम्ति आफनो पैसा समेत खर्चिन पछि नपरेको इतिहास पाइन्छ ।

सादा जीवन, दुःखको घडीमा धैर्य र सन्तृष्टि

बृखको जीवन ज्यादै सादा र सरल छ । पहिरन आदि अत्यन्तै साधारण जीवनशैली देखिन्छ । २०१२ सालमा जन्मलिनुभएका उहाँ ६ वर्षको हुँदा आमा नरमाया प्रधानको निधन भएछ । उहाँले आमाको ममता पाउनुभएन । मध्यम वर्गीय परिवारमा हुर्कीनुभएका बृख ०२३–०२८ सम्म जीवन कष्टकर हुन पुगेछ । हातमुख जोर्ने समस्या भयो, एकछाक खाना खाएर गुजारा गर्नुपथ्र्यो ।

घर बनाउन नसकेर केही वर्ष गुवालीमा बस्नुपर्ने बाध्यता रह्यो, उहाँका बुबा स्व. हस्तबीर प्रधानको सोझोपनको फाइदा त्यो बेलाका जाली फटाँहरुले लिएछन्, मुद्दा लगाइदिने, पैसा फिर्ता नगर्ने जस्ता समस्या झेल्नुपरेको रहेछ । हारगुहार गदै हिडेर बुबासँग उहाँ चन्द्रगढीसम्म पुग्ने गर्नुहुदो रहेछ । आठ बिघा जमिनबाट मुद्दा लड्दा लड्दै डेढ बिघामा सीमित हुन पुग्यो, साहुँमाजन, जालीफँटाहरुले दुःख दिएपछि अन्न उत्पादन राम्रोसँग हुन सक्दैन थियो, त्यसैले जमिनमा मुसाले लगेको धानबाट चामल बनाएर खानु पथ्र्यो । डेढ बिघामा सीमित रहेको जमिन उहाँसँग हाल १५ कट्ठा मात्र रहेको छ ।

महासंघमा रहँदा जनतासँग काम

आदिवासी जनजाति महासंघमा रहँदा जनतासँंग धैरै काम गरेको बताउनुहुन्छ । राज्यले आदिवासी जनजातिलाई दिने रकमबाट आदिवासी क्षेत्रमा आयमूलक काम गर्नका साथै सीपमूलक काम पनि गराउनु भएको छ । त्यति मात्र होइन, अर्जुनधारा क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र निर्माण गर्न असाहय आदिवासीहरुलाई चर्पी निर्माणमा सुविधा दिनका साथै शिक्षित आदिवासी जनजाति विद्यार्थीहरुलाई विभिन्न तालिम गोष्ठी सञ्चालन गरी जनचेतना छर्ने काममा पनि उत्तिकै योगदान रहेको बताउनुहुन्छ ।

सहयोगी भावना

उहाँको हरेक क्रियाकलाप हेर्दा सहयोगी भावना भएको देखिन्छ । अहिले पनि उहाँ आईपर्ने समस्यालाई निकास दिन र सहयोग गर्न पछि हट्नुहुन्न । विशेष गरी व्यक्तिगत कामभन्दा पनि सामाजिक काममा उहाँको लगाव भएको कारण प्रदेश नं. १ को झापा क्षेत्र नं. २ को ‘ख’ बाट पार्टीले उम्मेद्वारको रुपमा उभ्याएको छ ।

महागुरुको जन्मोत्सवमा सार्वजनिक बिदा

वाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ‘ख’बाट उम्मेद्वारी दिएका बृख प्रधानले किरात धर्म गुरु तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मोत्सवका दिन सार्वजनिक बिदाको पहल गरि बिदाको घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

महागुरु फाल्गुनन्दको १३३ औं जन्मोत्सवको अवसरमा विशेष अतिथिको रुपमा सम्बोधन गर्दै आफू यस क्षेत्रबाट निर्वाचित भए त्यो काम पुरा गरेर छाड्ने प्रतिवद्धता गरे । उनले झ्याम्टा बजाउँदै केलाङ नाचमा रमाउँदै बहुभाषी, बहुजाति भएको ठाउँमा बहुधार्मिक राष्ट्रको रुपमा रहेको नेपालमा सबैको उत्तिकै अस्तित्व हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम अर्जुनधारा –३ स्थित फल्गुनन्द वन बाटिकामा भएको थियो । उक्त समयमा माई नगरपालिकाका प्रमुख दिपक थेवे र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानालाई सम्मान गरिएको थियो ।