आङकाजीले राजीनामा दिँदा फोरममा हलचल « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

आङकाजीले राजीनामा दिँदा फोरममा हलचल


यलम्वर टाइम्स
१२ श्रावण २०७३, बुधबार ०६:२८

99शनिअर्जुन / आदिवासी जनजातिका प्रखर नेता प्रष्ट विचार भएका संघीय समाजवादी फोरम नेपालसँग आवद्ध आङकाजी शेर्पाले आफ्नो पार्टीबाट राजीनामा दिएपछि पार्टीभित्र हलचल मच्चिएको छ ।
आदिवासी जनजाति र मधेसबासीको हितको लागि भन्दै उनी संघीय समाजवादी पार्टी हुँदै फोरम (उपेन्द्र यादव)सँग समेत नजिक भएर काम गरिरहेका थिए । एकतापछि उनीले बैठकमा राख्दै आएको वैचारिक गतिविधिमा सुनुवाई कम भएपछि केही मत नमिलेको भन्दै निस्क्रिय थिए । पछिल्लो पटक नेता शेर्पासँग यस यलम्वर टाइम्स अनलाईन खबरले प्रश्न गर्दा पार्टीमा आफ्नो मतसँगै वैचारिक कुरामा बेवास्ता गरिएको भन्दै तिक्तता व्यक्त गरेका थिए ।
यसरी गुमनाम रुपमा २/३ महिना बसेका शेर्पाले मंगलबार एक्कासी विज्ञप्ती प्रकाशित गर्दै संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । हेर्नुहोस् उनले प्रकाशित गरेको विज्ञप्ती जस्ताको तस्तै :

angkaji