हामी पहिला अधिकार दिलाउँछैं, त्यसपछि विकासः जनमुक्ति « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

हामी पहिला अधिकार दिलाउँछैं, त्यसपछि विकासः जनमुक्ति


यलम्वर टाइम्स
१८ मंसिर २०७४, सोमबार ०८:४०

मतदातासँग मत माग्दै प्रतिनिधिसभाका उम्मेद्वार पदम जवेगू र नेता मोहन धिमाल ।

केर्खा । राष्ट्रिय जनमुक्ति पार्टीले पहिला अधिकार दिलाउँने त्यो सफल भएपछि विकास र समृद्धिको काममा मुलुकलाई डोहोर्याउने बताएको छ ।

कमल गाँउपालिका–५ स्थित सितापुरीबाट शुरु भएको घरदैलो केर्खा, समयगढ, छलफल चौकमा आएर कोणसभामा परिणत भएको बेला पार्टीका केन्द्रीय उपाध्यक्ष तथा समानुपातिक उम्मेद्वार मोहन धिमालले बताएका हुन् ।

धिमालले अगाडि भने २१ गते तपाईहरुबाट घर चिन्हलाई मतदान होस् हामी आउने दिनमा तपाईहरुलाई राज्यबाट पाउने अधिकार हातमा दिलाउने छौं । कोणसभामा पार्टीबाट झापा क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम जवेगुले दुई गठबन्धन दलले पहिचान पक्षलाई घेराबन्दि पारेर अपुङ्गगी राजा जस्तै राज गर्न खोजेको बताए ।

कार्यक्रममा समानुपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार धनमाया थापा मगर, प्रदेशसभा सदस्यका उम्मेदवार कैलाश थापा लगायतले देशलाई पूर्ण संघीयतामा लैजान ठुला दलहरुबाट अपेक्षा गर्न नसकिएकाले अब पहिचान र जातिय उत्पीडनको पक्षपाती पार्टीलाई विजयी गराउन जोड दिएका थिए ।

उम्मेदवारहरुले एमालेले यस क्षेत्रमा लामोसमयदेखि जनप्रतिनिधिका रुपमा नेतृत्व गरेपनि काम गर्न नसकेको आरोप लगाएका थिए ।