जनमुक्ति पनि पछिपछि « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

जनमुक्ति पनि पछिपछि


यलम्वर टाइम्स
२३ मंसिर २०७४, शनिबार ०२:४३

अर्जुनधारा । गठबन्धनबाट चुनाव लड्दै गरेकाहरुसँग अग्र स्थान हाँसिल गर्न नसकेतापनि यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना गर्दै गर्दा राष्ट्रिय जनमुक्ति पार्टी पनि ४ स्थानमा दोस्रो र १४ स्थानमा तेस्रो स्थान पहिल्याउँदै गरेको पार्टीले जनाएको छ ।

धेरै ठाउँमा वाम गठबन्धन नै आगाडि देखिएतापनि वाम गठबन्धन उठेको ठाउँमा जनमुक्ति पनि दोस्रो, तेस्रो मतले पछि आउँदै गरेको जनाएका छन् । नयाँ शक्ति पार्टीले गोरखाबाट खाता खोलिसकेको छ भने ससफो र राजपाले पनि खाता खोल्नेवाला देखिन्छ । उता ससफोका वरिष्ट नेता अशोक राई पनि अग्रस्थानमा रहेको पार्टीले जनाएको छ भने लिम्बूवान पनि केही ठाउँमा राम्रै मत ल्याएको बताइएको छ ।

झापामा विवेकशील पार्टीले पनि समानुपातिक मत राम्रैसँग बटुल्न सफल भएको छ । पछिल्लो जानकारी अनुसार इलाम क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुङ्वा दोस्रो स्थानमा उभिदै गरेको इलाम क्षेत्र नं. २ ले जनाएको छ ।

माङ्सेबुङ गाउँपालिकामा जनमुक्तिले राम्रो स्थान बनाएको हुँदा दोस्रो स्थानमा उभिदै गरेको हो । त्यस क्षेत्रमा सुवास नेम्वाङ अगाडि छन् भने केशव थापाको मत पनि त्यतिकै बढ्दै गएको छ ।