जनमुक्ति तीन वर्षपछि वैकल्पिक शक्ति : अध्यक्ष पालुङ्वा « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

जनमुक्ति तीन वर्षपछि वैकल्पिक शक्ति : अध्यक्ष पालुङ्वा


यलम्वर टाइम्स
१२ श्रावण २०७३, बुधबार ०७:१०

 

77

धोविघाट / राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले जुनसुकै सरकार आए पनि यस देशका आदिवासी जनजाति, मधेस, मुस्लिम, दलित र अल्पसंख्यकको लागि सकारात्कम काम गर्ने र राज्य सत्तामा डो¥याउने काम नहुने भएको हुँदा हामी संगठन विस्तारसँगै आन्दोलन गरिरहने बताएका छन् ।

 

पार्टी महाधिवेशनपछि पहिलो पदाधिकारी बैठकसँगै केन्द्रीय समितिको बैठक बस्ने र त्यसबाट प्राप्त म्यान्डेटलाई बोकी गाउँ–गाउँ पस्ने समेत बताएका छन् । अध्यक्ष पालुङ्वाले चार दलीय सेन्डीगेटबाट पालैपालो सरकार निर्माण गरेर राज्यको ढिकुटीमा हालिमुहालि गर्ने हुँदा नयाँ सरकार बन्नु नबन्नु कुनै तुक नभएको बताए । चार दलीय सेन्डीगेडसँगै हाल अलग देखिएका डा. बाबुराम भट्टराईसमेतले स्वीकारेको संविधानलाई समर्थन गर्नु सार्थकता नहुने भएकोले संधिवान पुनर्लेखन गर्नु पर्ने बताए ।

 

वर्तमान परिस्थितिमा जनताहरु विपत्तिमा परेर ३२ को मृत्यु भइसकेको २७ भन्दा बढी हराएको हुँदा राज्यको ध्यान त्यसतर्फ पुग्नु पर्ने समेत बताए । यलम्वर टाइम्सको सम्पर्कमा अध्यक्ष पालुङ्वाले महाविपत्ति परेका भूकम्प पीडितहरुको मल्हम पट्टी लगाउन नसक्दा आलोचित बनेको केपी सरकारले छाडेर गएतापनि त्यसतर्फ अब बन्ने सरकारको ध्यान पुग्नु पर्ने बताए ।
उनलाई वैकल्पिक शक्ति बन्ने आधार के–के छन् त ? भनि प्रश्न गर्दा एक वर्षभित्रमा पार्टीको १२ लाख साधारण सदस्य बनाउने, ३ वर्षभित्रमा ३ लाख क्रियाशिल सदस्य बनाउने, ३ लाखभित्रबाट पूर्णकालिन कार्यकर्ता निर्माण गरी पार्टी सुदृढिकरणसँगै वैचारिक शक्ति निर्माण गर्ने, देश–विदेशमा रहेका समर्थकहरुको भावना उच्च पार्न सक्रिय रुपमा संगठनलाई मजबुद बनाउने भएको हुँदा वैकल्पिक शक्तिमा उभ्याउने लक्ष्य रहेको बताए ।
पार्टीको बैठक १३, १४ र १५ गते पार्टी केन्द्रीय कार्यालय नजिक सिद्धार्थ कटेजमा बस्ने भएको जानकारी दिए ।