किरात प्रदेश राख्न माग « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

किरात प्रदेश राख्न माग


यलम्वर टाइम्स
४ चैत्र २०७४, आईतवार ०७:२१

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले एक अन्तरक्रिया गर्दैै १ नम्वर प्रदेशलाई किरात प्रदेश नामाङ्कन गरेर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार यायोक्खा भवनमा उपस्थित वक्ताहरुले अन्तरक्रियाको क्रममा यस्ता माग गरेका हुन् । कार्यक्रममा यायोक्खाका सल्लाहकार भरतसिंह दुमी राईले किरात जाति नभई सभ्यता भएको हुँदा सभ्यतालाई सम्मान गर्दै किरात प्रदेश राख्न आग्रह गरेका थिए ।

कार्यक्रममा दिलीप राईले किरात प्रदेश नाम राख्न पहिलो पटक हस्ताक्षर अभियान सञ्चालन भएको हुँदा ७ गते संकलित हस्ताक्षर मुख्यमन्त्रि शेरधन राईलाई बुझाईने बताएका छन् ।

कार्यक्रममा यायोक्खा उपाध्यक्ष क्या. शिवकुमार राईले २०६६ सालबाट यायोक्खाको सम्मेलनबाटै किरात स्वायत्त राज्य स्थापनाको लागि आवाज उठाउँदै आएको हुँदा उक्त माग पूरा नभएसम्म अन्तरक्रिया छलफल गर्दै जाने बताए ।

सोमा राईद्वारा सञ्चालित कार्यक्रममा पत्रकार दिपीन राई, रमेश समदर्शी, अमित खम्बू, राज खम्बू लगायतले आ–आफ्नो राय राखेका थिए । ७ गते अर्जुनधारा नगर कमिटीबाट हस्ताक्षर सहितको व्यानर मुख्यमन्त्रि शेरधन राईलाई बुझाउने कार्यक्रम रहेको क्या. शिवकुमार राईले जानकारी दिए ।

किरात प्रदेश राखिनुपर्छ भन्ने माग राख्दै हाल झापाका विभिन्न प्रारम्भीक समितिमा अन्तरक्रिया छलफल हुँदै आएको जिल्ला समितिले जनाएको छ ।

पहिलो चरणको आन्दोलनलाई राज्य पक्षले नटेरे दोस्रो चरणको बृहत आन्दोलन लिएर अगाडि बढ्ने यायोक्खा केन्द्रीय समितिले जानकारी गराएको छ । किरात प्रदेश हुनुपर्छ भन्दै केही बौद्धिक लिम्बू व्यक्तित्वहरुले पनि आवाज उठाएका छन् ।