ईयूको सन्देशमा जनमुक्तिको स्वागत « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

ईयूको सन्देशमा जनमुक्तिको स्वागत


यलम्वर टाइम्स
२१ चैत्र २०७४, बुधबार ०८:३५

भैरहवा । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक एमएस थापाले ईयूले नेपालका सत्ताधारीलाई दिएको सन्देश सकारात्मक र प्रशंसनीय भएको बताएका छन् ।

५ नं. प्रदेशको भैरहवामा जारी पार्टीको ११ औं राष्ट्रिय भेलालाई उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका थापाले निर्वाचनमा खस आर्यलाई आरक्षणबाट हटाउन ईयूले दिएको सन्देश लोकतन्त्रलाई संस्थागत गर्न उपयुक्त हुने बाटो भएको बताए । उनले आदिवासी जनजाति, दलित र अल्पसंख्यकलाई दिनुपर्ने आरक्षण खसआर्यलाई दिएर पछाडि परेका वर्गको उन्नतिमा अझ ब्रेक लगाउने काम भएको प्रस्ट्याए ।

दलितलाई १३ प्रतिशत, मधेसीलाई २४ प्रतिशत, जनजातिलाई २३ प्रतिशत, महिलालाई ३३ प्रतिशत छुट्याइ बाँकी खसआर्यलाई छुट्याइएको हुँदा त्यसप्रति आदिवासी जानजाति, मधेस र अल्पसंख्यको भावना बुझेर ईयूले जुन सन्देश दियो राज्य पक्षले त्यसलाई पालना नगरे यो सरकार लामो समयसम्म टिक्न नसक्ने ठोकुवा गरे ।

प्रमुख अतिथि थापाले वर्तमान सरकारलाई नश्लवादी सरकार भएको टिप्पणी गर्दै उत्तरतिरबाट ड्राइगन हिमाल चढेर नेपालमा प्रवेश गर्न खोज्दैछ । त्यो कतिको सार्थकता हुन्छ ? बाम गठबन्धन सरकारलाई यक्ष प्रश्न छ ।

साच्चै नै नेपाल र नेपालीको हितको लागि चाइनाले लगानी गर्यो भने भगवान बुद्ध जन्मेको स्थल लुम्बीनीसम्म रेल भित्र्न सक्छ । ओली एक्लै नश्लवादी सरकारले ल्याउछु भन्यो भने त्यो हात्ती आयो हात्ती आयो फुस्स भने जस्तै हुनेछ । संरक्षक थापाले बाम गठबन्धनलाई बहुमत छ भन्दैमा आम नेपाली जनताका हित विपरीत अगाडि बढ्यो भने भारत, युरोपियन शक्ति र अमेरिकाले लामो समयसम्म सत्ता टिकाउन दिँदैन ।

त्यसैले बाह्य सन्तुलनसँगै नेपाली जनताको भावनालाई कदर गर्न सक्नुपर्छ । उनले अगाडि भने –‘सर्वहारा पार्टीका नेता बन्ने जताततै जाँदा हेलिकप्टर र निजी जहाज प्रयोग गरेर अर्थतन्त्र डामाडोल पार्नेबाट नेपालको अर्थतन्त्र कसरी अगाडि बढ्न सक्छ ? यो उनको कार्यकर्ताले बुझ्न जरुरी छ । जनमुक्तिले खबरदारी गर्न पर्छ ।’

अर्थतन्त्र ओरालो लाग्नमा नश्लवादी सत्ताधारी दल नै जिम्मेवार भएको बताउँदै यसलाई उठाउन सरकार असमर्थक भए मुलुक अझ अगाडि उठ्न नसक्ने अवस्थामा डुब्ने छ ।

कार्यकर्तालाई सन्देश

पार्टीका संस्थापक अध्यक्ष थापाले कार्यकर्ताहरुलाई पार्टीले कम मत ल्यायो भन्दैमा नआत्तिन आग्रह गरेका छन् ।

पार्टीमा कार्यकर्ता बढ्ने क्रम जारी छ । तर, राजनीति संस्कारको विकास नभएको कारण पार्टीले मत ल्याउन नसकेको हो । राजनीति संस्कार कार्यकर्तामा भए आउने दिनको सत्ता जनमुक्तिकै कब्जामा हुने बताए ।

थापाले पार्टीले उठाएको सिद्धान्त नश्लवादीहरुको दिमागमा घुमिरहेको हुँदा उनीहरुले केही सिद्धान्त मुखले बोलेतापनि गर्न नसकिरहेको बताउँदै पार्टीले अन्य पहिचावादी साना दलहरुसँग सहकार्य एकता गर्न नसक्दा पराजय भोग्नु परेको बताए ।

पार्टीमा प्रशस्त नेता भएतापनि कार्यकर्ता चलायमान गर्न नसक्दा गुनासो बढ्नु स्वाभाविक हो । यसलाई चिर्न नेतृत्व पंक्तिले गाउँ वा जिल्लामा पुग्न जरुरी छ । संस्थापक थापाले पार्टीमा युवा शक्तिहरु बढ्दो क्रम छ । यसलाई संस्थागत गर्न जरुरी देखिन्छ ।

कार्यक्रममा चीन हङकङका डेमोक्रयाटिक एलायन्स फर द वेटरमेन्ट एण्ड प्रोगेसका संस्थापक अध्यक्ष तथा पूर्व सभामुख महामहिम जास्पर चाङ्ग योक सिंगले वर्तमान संविधान प्रति राष्ट्रिय जनमुक्ति पार्टी असन्तुष्ट रहेको बताउँदै जनमुक्तिको विचारलाई सरकारले सकारात्मक दृष्टिकोणबाट हेर्न सकेन भने समृद्धीको बाटोमा नेपाल पछि पर्ने बताए ।

उनले नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ विकासको सम्भावना बोकेको राष्ट्र भएको हुँदा सबै वर्ग, जाति, सम्प्रदायलाई लिएर सरकार अगाडि बढेको खण्डमा राष्ट्र चाँडै उचाईमा पुग्ने बताउँदै इच्छाशक्ति प्रदान गर्न नेपाली जनतालाई आग्रह गरे ।

उनले गौतम बुद्ध जन्मेको स्थान नेपालको लुम्बिनी भएको हुँदा विभिन्न देशका गुम्बाहरु लुम्बिनीमा रहेका छन् । तिनीहरुले नेपाललाई हेर्ने दृष्टिकोण सकारात्मक छ त्यसैभित्र रहेर सम्बन्धलाई अझ प्रगाढ गर्न सके नेपालको भविष्य उज्वल हुने बताए ।

नेपालले चीन र भारतसँग बराबरीको सम्बन्ध राख्न आवश्यक छ र लोकतन्त्रलाई घनिभूत रुपमा सफल पार्न नेपाली जनताले चाहेका कुराहरु संविधानमा समेटेर लौजान सके सार्थकता हुने बताए ।

दल एक्लैले मुलुकलाई समृद्ध बनाउने होइन । सारा जनता र दलहरु एक भए समृद्ध हुनेमा जोड दिए । उनले औद्योगीक कलकारखाना खोलेर स्वरोजगारको व्यवस्था मिलाउन सके राष्ट्रको उन्नतिमा टेवा पुग्ने बताउँदै राष्ट्रिय जनमुक्ति पार्टीसँग अत्यन्तै राम्रो मुद्दा रहेको र यो मुद्दा सबै जनताले बुझेमा मुलुकको भविष्य अत्यन्तै राम्रो हुने बताए ।

उनले अगाडि भने –नेपाल शान्त र समृद्धीको सम्भावना बोकेको राष्ट्र हो । त्यसमा पनि उत्तम राजनीतिक दल जनमुक्ति भएको हुँदा अगाडि बढ्न जनमुक्तिलाई सुझाव दिएका थिए ।

कार्यक्रममा परराष्ट्र विभाग प्रमुख डीके बुद्धिस्ट तामाङले जनमुक्तिको विचार र सिद्धान्त कार्यान्वयन नभएसम्म मुलुक अतिवादले खाने बताए । अर्का अतिथि आदिवासी जनजाति हङकङका अध्यक्ष एमबी थापाले अस्तव्यस्त रहेको हाम्रो मुलुकलाई अगाडि बढाउन युवा शक्तिको आवश्यकता रहेको बताउँदै ११ औं राष्ट्रिय भेलाको शुभकामना राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष यामबहादुर बुढाथोकीले पार्टीको भावना सिद्धान्त सबै तहसम्म पुर्याउनुपर्ने सुझाव राख्दै संघीय पक्षघरहरुसँग एकता आवश्यक रहेको औल्याए ।

प्रवास उपाध्यक्ष कमला थापाले अधिकार आफैमा शक्तिसाली भएको हुँदा यसलाई कार्यान्वयनका दिसामा सबै अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सिद्धार्थ नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बिचबिचमा संस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा पार्टीका महासचिव केशव सूर्यवंशी, उपाध्यक्ष मीना पन्धाक, उपाध्यक्ष रविन्द्र उच्च नेपाली, हाजी डा. मोहम्मद हसन, मोहन धिमाल, अनुगमन तथा मुल्याकङ्न समितिका सचिव अशोक पुन, उपमहासचिव इन्द्रकला थापा, उपमहासचिव एवम् संगठन विभाग प्रमुख रामु परियार, प्रादेशिक उपाध्यक्ष होममाया गुरुङ, हस्तबहादुर थापा, राजवंशी चौधरी, ठाकुर रोक्का, राष्ट्रिय भूपू सैनिक संघका अध्यक्ष भिमबहादुर राना लगायतको आतिथ्य रहेको थियो ।

पार्टी अध्यक्ष केपी पालुङ्वाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत राष्ट्रिय भेला संयोजक सूर्यकुमार सारु र सञ्चालन उपमहासचिव टोप अस्लामीले गरेका थिए ।

१७ गते खुला सभामा उद्घाटन गरिएतापनि पार्टीका नेताहरु आउने क्रम जारी नै थियो । पार्टीका उपाध्यक्ष टीकाराम शर्मा, कोषाध्यक्ष डग गबुर्जा, कानूनका चेतबहादुर आले १८ गतेको बन्द सभामा सहभागि भएका थिए ।

बन्दसत्रमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बृहत रुपमा छलफल चलेको थियो भने कार्य सम्पादन समिति र केही पदका पदाधिकारीहरु निर्माण गरेर लाने बन्दसत्रका सहभागिहरुले जानकारी दिएका थिए ।

कार्यक्रममा झापा, मोरङ, ताप्लेजुङका प्रतिनिधिहरुले आ–आफ्नो विचार राखेका थिए भने सबै क्षेत्रका प्रतिनिधिहरुले आ–आफ्नो राय राखेका थिए ।