प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु


यलम्वर टाइम्स
२२ जेष्ठ २०७५, मंगलवार १०:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिषरमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गरेका हुन् ।

अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले देशैभरी १ लाखभन्दा बढी फलफूलका विरुवा रोपिने जानकारी दिए । ‘सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने –‘फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।’ फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ’ प्रधानमन्त्री ओलीले भने ।

सिंहदरबार परिषरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका छन् ।