लिम्बू चलचित्रकर्मी संघको अधिवेशन हुने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

लिम्बू चलचित्रकर्मी संघको अधिवेशन हुने


यलम्वर टाइम्स
२२ श्रावण २०७३, शनिबार ०८:५७

पाँचथर / लिम्बू चलचित्रकर्मी संघ पाँचथरको प्रथम जिल्ला अधिवेशन एक महिनापछि फिदिममा हुने भएको छ ।

अधिवेशन सम्पन्न गर्नको लागि शुक्रबार मधुराज केरुङको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन आयोजक समिति गठन भएको छ । समितिको सदस्य सचिवमा चन्द्रिका सुहाङ र आर्थिक संयोजकमा अजित योङ्या चयन भएका छन् । सो समितिले आगामी १ महिना भित्रमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समितिका संयोजक मधुराज केरुङले बताए ।

समिति संघका केन्द्रीय सदस्य सागर केरुङको उपस्थितिमा सम्पन्न भएको हो ।