कृषिमा आधारित भएर अगाडि बढ्न कृषि सहकारीलाई आग्रह « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

कृषिमा आधारित भएर अगाडि बढ्न कृषि सहकारीलाई आग्रह


यलम्वर टाइम्स
२१ भाद्र २०७५, बिहीबार ०७:०८

अर्जुनधारा । श्रद्धा कृषि सहकारी संस्थाले कृषिमा आधारित भएर उत्पादनमुखि कार्यलाई ध्यान दिनुपर्ने कुरा नगर प्रमुख हरिकुमार रानाले बताएका छन् ।

विहिबार आदिवासी जनजाति दलित सामुदायिक भवनमा श्रद्धाको १० औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

नगर प्रमुख रानाले कृषिको नाममा रहेर आर्थिक पाटोमा सहकारी बढी केन्द्रीत भएको हुँदा कृष्मिा आधारित नगरलाई समृद्धिको बाटोमा सजिलो नहुने नभएकोले यहाँ मात्र होइन कृषि सहकारीले कुनै पनि ठाउँमा उत्पादन गर्दा र कारोबार अगाडि बढाउँदा कृषिमा आधारित हुनुपर्ने जोड दिए ।

श्रद्धा सहकारी स्थापना गर्न आफ्नो पनि योगदान थोरै भएको हुँदा कृषिमा केन्द्रीत भएर उदाहरणीय बन्न अनुरोध गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नगरका उपप्रमुख कमला आचार्यले आत्मनिर्भर र सक्षमता प्रदान गर्न सहकारीले खेलेको भूमिका प्रशंसनीय छ, अझ कृषिमा केन्द्रीत भएर परिवर्तनको बाटोमा लाग्न भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी तुलसा प्रधान सम्मानसहित नगद हस्तान्तरण गरिएको थियो भने असल ऋणी आरा धिमाल, असल बचत पिंकीदेवि भट्टराईलाई विशिष्ट अतिथि उपप्रमुख आचार्यको हातबाट सम्मानसहित उपहार प्रदान गरिएको थियो भने सहकारी सदस्यका सन्तति एसईईमा उत्कृष्ट अंक ल्याएका विनय पोखरेल सामुदायिकतर्फ र निलिसा प्रसाई निजीतर्फकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पदमकुमार सुब्बाले गरेका थिए भने अध्यक्ष प्रेमसागर सापकोटाले १० औं साधारणसभाको वार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन लेखा संयोजक केदार पोखरेलले वाचन गरेका थिए ।

कार्यक्रममा प्रहरी चौकीका इन्चार्ज राजन खड्का, जलेश्वर सहकारी संस्थाका दिलीप गुरुङ, वडा नं. ९ का अध्यक्ष पुष्प प्रसाई, सहकारी संघ जिल्ला सदस्य तुलसा कुँवर, लालिगुराँसकी मेनुका काफ्ले, समाजसेवी पदमलाल श्रेष्ठ, सहकारी अभियान्ताहरु कृष्ण चापागाईं, तारा सुवेदी, डिल्ली प्रसाई, नरेन्द्र अधिकारी, वडाध्यक्ष गोपीचन्द्र गौतम लगायतको आतिथ्य रहेको थियो ।

अध्यक्षको प्रतिवेदनमा कृषि मण्डलीको व्यवस्थापन, सित भण्डार निर्माण, गोदाम निर्माण, पशु बधशाला निर्माण जस्ता कृषिमा आधारित कार्यहरु गरेर लानुपर्ने उल्लेख छ ।