चन्द्रैहार मेख्ली … को छायाङ्कन « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

चन्द्रैहार मेख्ली … को छायाङ्कन


यलम्वर टाइम्स
३२ श्रावण २०७३, मंगलवार १२:०५

music vedioपाँचथर / युवा गायक डिकेश इधिङ्गोको स्वरमा रहेको ‘चन्द्रैहार मेख्ली लाएकी ठूली …’ गीतको म्यूजिक भिडियो छायाङ्कन भएको छ ।

पूर्वेली लोक फ्लेबरको उक्त गीतको पाँचथरको सिलौटी, लब्रेकुटि, फिदिम र पाँचथर–तेह्रथुम सिमाना तमोर नदी स्थित माझीटार लगायतका स्थानमा छायाङ्कन गरिएको सुटिङ युनिटले जनाकारी दिएको छ ।

उक्त भिडियोको छायाङ्कन गायक डिकेश आफैंले गरेका छन् भने सागर केरुङको निर्देशन र प्रनिता थेवेको श्रृङ्गार रहेको छ ।

‘आरम्भ’ एल्बममा संग्रहित यो गीत पूर्वका बजारमा यसअघि नै चर्चित भइसकेको छ । झण्डै एक लाख लागतमा निर्माण भइरहेको उक्त गीतको भिडियोमा मधु केरुङ, बालिका योङहाङ र अजित योङ्याले मोडलिङ गरेका छन् ।