आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलनमा अर्जुनधारा नगरपालिका « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलनमा अर्जुनधारा नगरपालिका


यलम्वर टाइम्स
२० जेष्ठ २०७६, सोमबार ११:१०

ट्याक्टर, ट्रिपरका लागि टाइम कार्ड लागू गरिने

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका आगामी नीति तथा कार्यक्रममा विभिन्न संघ संस्थाका सुझाब संकलन गर्न छलफलमा जुटेको छ ।

नगर प्रमुख राना नगरका विभिन्न संघसंस्थाका सोच, विचारलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरी अघि बढाउने उदेश्यले छलफलमा निरन्तरता दिदैँ जुटेका हुन् ।

यस क्रममा नगर प्रमुखको सभाकक्षमा क्रसर उद्योगी व्यवसायी सँग उनीहरुको समस्या र समाधानको विषयमा केन्द्रित रहेर छलफल सम्पन्न भएको छ । क्रसर उद्योग व्यवसाय ऐन तथा कार्य्विधि अनुसार सूचिकृत गरिने भएको छ ।

अर्जुनधारा नगरपालिकाको समग्र पूूर्वाधार विकासका लागि प्राकृृतिक रुपमा खोला बगेर आएको खानीजन्य सामाग्रीहरुले निकट भविष्यमा नपुग्ने भएको हुँदा पहाड तथा चट्टानको डिस्कोको खोज अनुसान्ध गरिने निर्णय भएको छ ।

त्यसका लागि नगरको विशेष प्रस्ताव बनाई प्रदेश सरकारमा पेश गरिने नगर प्रमुख रानाले जानकारी दिए ।

क्रसर उद्योगीहरुलाई स्थान व्यवस्थापन गर्न नदीसहित खोला क्षेत्र बाहेक जमिनको खोजी गरिने भएको छ ।

त्यसमा जग्गा प्राप्त नभइन्जेलसम्मका लागि सोही स्थानमा रहेर व्यवसायीले कार्य संचालन गर्नुपर्ने निर्णय भएको नगरका खरिदार खगेन्द्र लिङदेनले जानकारी दिए ।

पूर्वाधार विकास नदिजन्य सामाग्रीहरुलाई सहित व्यवस्थापन तथा समन्वय गर्नका लागि शेरबहादुर थापा, मिलन बस्नेत, कुमार गिरीलाई जिम्मेवारी तोकिएको लिङदेनले जानकारी दिए ।

यता खोलामा नम्बरी जग्गा पर्ने जग्गा धनीको समस्याहरुको समाधान गर्न नगर प्रमुखले जग्गा धनीहरु सँग अन्तरक्रिया गरेका छन् ।

नदीजन्य खानी ऐनलाई मध्यनजर राख्दै नम्बरीवाला जग्गाधनीहरुबाट एक समिति निर्माण भएको छ ।

समितिमा इन्द्र शिवाकोटी, खगेन्द्र खतिवडा, भोला बराल, प्रेम आचार्य, गणेश प्रधान, अचुयत कोइराला, माधवी ढुङ्गेल रहेका छन् ।

यता टयाक्टर, ट्रक र टिपर व्यवसायीसँग पनि नगरपालिकाले छलफल गरेको छ । नगरको मुख्य सडकमा विद्यालय समयलाई ध्यान दिदै टाइम कार्ड लागू गर्न लागिएको नगर प्रमुख रानाले बताए ।

उनका अनुसार ९ः३० बजेदेखि १०ः३० बजे र अपराह्न ३ः३० बजेदेखि ४ः३० बजेसम्म टाइम कार्ड लागू हुनेछ ।

जसमा ९ः३० बजेदखि बिहान ५ बजेसम्म सो टाइम कार्ड लागू हुनेछ । विद्यार्थी कर्मचारी लगायतलाई सहज हुने गरी टाइम कार्ड लागू गरिने उनको भनाई छ ।

टाईम कार्ड भने नगरसभाले पारित गरेपछि आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।

ट्याक्टर व्यवसायी र नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिसँग बसेँको बैठकले सो निर्णय गरेको हो ।

टाईम कार्डलाई उल्लंघन गरेमा एक हजार रुपैयाँ जरिवाना लिने पनि निर्णय भएको छ । नगर प्रमुख रानाले आम नागरिकको हित विपरीत हुने काम नगर्न पनि बैठकमा अनुरोध गरे ।

पहिलो पटक फेला परेमा ६ हजार जरिवाना गर्ने निर्णय गरेको छ । दोस्रो पटकमा ८ हजार, तेस्रो पटकमा १० हजार जरिवाना गर्ने निर्णय भएको छ ।

त्यसमा चौथो पटक पनि फेला परे सवारी साधन जफत गरी यातायात व्यवस्था कार्यालय मेचीमा कारबाहीको लागि पठाउने निर्णय पनि गरेको छ ।

बैठकले व्यवसायीले प्रतिबन्धित समय अगावै घाटगद्दी गरेको नदीजन्य सामग्रीको प्रमाणित गर्ने व्यवस्था पनि गरेको छ ।

बर्खा लाग्नु अगावै गरिएको घाटगद्दीको नगरपालिकाले प्रमाणित गरेको खण्डमा ओसारपसार गर्न मिल्ने बताइएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिृकत पंकज भूर्तेल, अर्जुनधाराका ट्याक्टर व्यवसायी गणेश प्रधान, शनिश्चरे प्रहरी कार्यालयका इन्चार्ज राजन खड्का, वडा नम्बर ९ का रुद्र न्यौपाने, नवराज खड्का लगायतले बोलेका थिए ।