फुलबारीमा निःशुल्क स्वास्थ्य शिविर « Yalambar Times
२८ बैशाख २०८२, आईतवार

फुलबारीमा निःशुल्क स्वास्थ्य शिविर


यलम्वर टाइम्स
२० जेष्ठ २०७६, सोमबार ११:३१

फुलबारी । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित फुलबारीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहरी स्वास्थ्य केन्द्र फुलबारीको आयोजना र वडा नं. ५ कार्यालयको आर्थिक सहयोगमा सञ्चालित शिविरमा स्थानीय ३ सय बढी लाभान्वित भएका थिए ।

शिविरमा आँखा जाँच, ल्याब टेष्ट सहित विभिन्न रोगहरुको चेकजाँच गरिएको वडाध्यक्ष ध्यानबहादुर भारतीले जानकारी दिए । शिविरकै दौरान रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

स्थानीय शंकर अस्पताल, बिर्तामोड आँखा अस्पता र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा अर्जुनधारा स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेत, रेडक्रस उपशाखा अर्जुनधाराका अध्यक्ष पूर्णप्रसाद भट्टराई, भानु माविका प्रधानाध्यापक रुपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्का, वडा सदस्य कुन्दन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत रोशन बस्नेतले गरेका थिए ।