मोडलिङ्गमा जम्दै सरोज « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मोडलिङ्गमा जम्दै सरोज


यलम्वर टाइम्स
२७ भाद्र २०७३, सोमबार ०८:४४

14256764_1072725112823842_705225243_nशनिअर्जुन १ निवासी सरोज सापकोटा पेशाले मोबाइल व्यवसायी हुन् । तर उनलाई मोडलको रुपमा चिन्नेको संख्या पनि कम छैन । उनको परिचयमा कला क्षेत्र पनि जोडिएको छ । पछिल्लो पटक प्रविण थापाको रचना र संगीतमा प्रमोद खरेलले गाएको तथा विकास दाहालको निर्देशनमा “यो मुटुमा तिम्रै नाम छ”बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग गरेपछि उनको चिनारी फराकिलो बनेको हो ।

मोडलिङ्गतिर प्रवेश गर्ने कार्य पनि रोचक रहेको सरोज सुनाउँछ न् । भजन गायकको परिचय बनाएका राजु अधिकारीले फोन गरेर “मेरो गीतको म्यूजिक भिडियोमा मोडलिङ्ग गर्नुपर्छ भन्दा म त अक्क न बक्क भए । पहिला त पत्यार नै लागेन” पछि गायक अधिकारीले कन्भिन्स गरेपछि सरोज तयार भएको बताउँछन । “भोलिपल्ट भद्रपुर सिटी गार्डेनमा निर्देशक जीवन ओडारीले पात्रको भूमिकाबारे बताएपछि डाइरेक्ट क्यामारा फेस गरें” उनले भने ।14218506_1072725022823851_1857695673_n
५ फिट ६ इन्च अग्ला मिलेको शरीर भए पनि उनले मोडलिङ्ग सम्बन्धी कुनै औपचारिक कोर्ष भने गरेका छैनन् । पछिल्ला दिनमा म्यूजिक भिडियोमा मोडलिङ्गका लागि अफर आउँन थालेको छ । भविष्यमा मोडलिङ्गलाई केरियर बनाउँने नबनाउँने बारेमा हालको म्यूजिक भिडियोको रेस्पोन्स अनुसार अघि बढ्ने सरोज बताउँछन् ।