रियो छमछमीको टप १० मा झापा बुद्धशान्तिकी दिलमाया « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

रियो छमछमीको टप १० मा झापा बुद्धशान्तिकी दिलमाया


यलम्वर टाइम्स
८ भाद्र २०७६, आईतवार १०:०२

बुधबारे । झापा बुद्धशान्ति गाउँपालिका ४ कि दिलमाया लिम्बू रियो छमछमी नृत्य प्रतियोगिताको टप १० मा पुग्न सफल भएकी छिन् ।

नेपाल टेलिभिजनबाट प्रसारित नृत्य प्रतियोगितामा प्रदेश नम्वर १ कै एकमात्र प्रतियोगिको रुपमा टप १० मा स्थान बनाउन सफल भएकी हुन् ।

नृत्यबाटै आफ्नो भविष्य खोजिरहेकी दिलमाया बुबा स्व. काजीमान र आमा सुभद्रा लिम्बूकी छोरी हुन् । दिलमाया बाल्य अवस्थाबाटै नृत्यमा रुची राख्ने गरेको उनी आमा सुभद्राले बताइन् ।

यतिबेला दिलमायालाई धेरैभन्दा धेरै भोटको आवश्यकता छ । उनलाई जिताउनका लागि अभियान नै सञ्चालनमा ल्याइएको छ ।

उनलाई भोट गर्नका लागि आफ्नो मोवाइलको म्यासेज बक्समा गई सीसी टाइप गरी एक स्पेश छाडेर ०३ लेखी ३१००९ मा पठाउन सक्नु हुनेछ ।

प्रतियोगितामा पहिलो स्थानमा आउन र आफ्नो ठाउँको नाम राख्न दिलमाया निरन्तर मिहेनत गरिरहेकी छिन् ।

‘प्रतियोगितामा आफ्नो तर्फबाट कुनै कसर राख्दिन’, दिलमाया भन्छिन्, ‘तपाईहरुको मायाँले यहाँसम्म आइपुगेको छु, यहाँहरुको साथ सहयोग रहे लक्ष्यमा पनि पुग्नेछु ।’

झापा नृत्य कलाकार संघ क्षेत्रीय कोषाध्यक्ष समेत रहेकी दिलमाया सोरठी कला केन्द्रमा समेत आवद्ध छिन् ।