दिलमायाको आग्रह ‘मलाई अत्याधिक भोट दिनुहोस्’ « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

दिलमायाको आग्रह ‘मलाई अत्याधिक भोट दिनुहोस्’


यलम्वर टाइम्स
१५ आश्विन २०७६, बुधबार ०९:४४

बिर्तामोड । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा प्रदेश नं. १ बाट एक मात्र प्रतियोगि दिलमाया लिम्बू मनिषा उत्कृष्ठ ६ मा पर्ने सफल भएकी छिन् ।

बुद्धशान्ती बर्ने स्थायी घर भएकी दिलमाया बिर्तामोडमा बिर्तामोडमा बस्दै आएकी छिन् । उनी बिर्तामोडकै सोरठी कला केन्द्र नृत्य प्रशिक्षकको रुपमा पनि कार्यरत छिन् ।

झापा जिल्ला नृत्य कलाकार संघको साधारण सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्ष समेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल थिइन् ।

दिलमाया जिताउ अभियानका संयोजक रहेका नृत्य निर्देशक ज्ञानु सुब्बाबाट औपाचारिक रुपमा नृत्यको प्रशिक्षण लिएकी दिलमायालाई छमछमी ४ को बिजेता बनाउन यतिबेला अभियानका पदाधिकारीहरु सक्रिय रुपमा खटिरहेका छन् ।

नृत्य निर्देशक तथा झापा जिल्ला नृत्य कलाकार संघका महासचिब राज सुब्बा लावती, संघका सल्लाहकार सुवास लिम्बु, उपाध्यक्ष राज शर्मा सहित झापाका अग्रज नृत्य निर्देशकहरु तथा सम्पर्ण नृत्यकारहरुले दिलमाया जिताउ अभियान सुरु गरेका हुन् ।

प्रदेशका सम्पूर्ण नृत्य केन्द्र, नृत्य कलाकार तथा नृत्य प्रेमी महानुभावहरुलाई दिलमाया अब फाइनल पुर्याउन एक राउण्ड मात्र बाकी रहेकाले अत्याधिक भाटको आवश्यक रहेकोछ ।

‘मलाई भोट गर्न सीसी टाइप स्पेस दिएर ३१००९ मा म्यासेज पठाइ भोट गरिदिनुहुन आग्रह गर्दछु’ दिलमायाको भनाईलाई उदृढ गर्दै महासचिव राज सुब्बा लावतीले जानकारी दिए ।