ग्रिन विशका उमेश धर्मश्रीको सेकेन्ड रनरअप « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

ग्रिन विशका उमेश धर्मश्रीको सेकेन्ड रनरअप


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार १२:११

14607928_1051726411608464_425298200_nशनिअर्जुन / असोज १३ र १४ गते काठमाडौंमा सम्पन्न १४ औं धर्मश्री राष्ट्रव्यापी बडी बिल्डीङ च्याम्पियनशिप खुल्ला प्रतियोगितामा झापाको ग्रिन विश फिटनेश क्लबबाट प्रतिनिधित्व गरेका उमेश राई सेकेन्ड रनरअप भएका छन् ।

७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्दै अलओभर च्याम्पियनशिपमा सहभागि बनेका राई सेकेन्ड रनरअप हुन सफल भएका हुन् । उनसँगै झापाबाट प्रतियोगितामा सहभागि बन्न पुगेका रामबहादुर दाहाल ६५ केजी तौल समूहमा प्रथम हुँदै अलओभरमा पाँचौ बन्न सफल भएको टिम व्यवस्थापक चन्द्र राना ‘लाफा’ले जानकारी दिए ।

त्यस्तै गरी शनिश्चरेका तुलबहादुर श्रेष्ठ ८० केजी तौल समूहमा दोस्रो र ६५ केजी तौल समूहमा विकास धिमालले तेस्रो स्थान हासिल गरेको लाफाले बताए ।