दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार ओलीलाई सम्मान गरिने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार ओलीलाई सम्मान गरिने


यलम्वर टाइम्स
१९ असार २०७८, शनिबार ०६:३८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समितिले पहिलो पटक प्रदान गर्न लागेको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८’ बाट झापाका अगुवा साहित्यकार सरोज ओली सम्मानित हुने भएका छन् ।

साहित्यकार ओलीलाई नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले नगद रु. ५१ हजार राशीसहित ताम्रपत्रबाट पुरस्कृत गर्न लागिएको जनाइएको छ ।

साहित्यको क्षेत्रमा राष्ट्रिय नेतृत्व प्रदान गर्ने गरी साहित्यकारहरु जन्माउन सफल अर्जुनधारा नगरपालिकाले साहित्यको क्षेत्रमा गरेको यो नै सबैभन्दा ठूलो कार्य रहेको छ ।

लेखनको माध्यमबाट समाजलाई सचेत र जागरुक बनाउन उल्लेखीय भूमिका खेलेको भन्दै उनलाई सम्मान गर्न लागिएको प्रर्वद्धन समितिकी संयोजक सुशिला सुवेदीले बताइन् ।

आगामी असार २५ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारस्थित सामुदायिक भवनमा एक कार्यक्रमबीच उक्त पुरस्कार वितरण गरिने जनाइएको छ ।

साहित्यकार ओली आधा सताब्दिभन्दा बढीबाट साहित्य क्षेत्रमा क्रियाशील छन् ।