नगर विकास सहकारीको कार्यविधि निर्माण « Yalambar Times
१८ बैशाख २०८१, मंगलवार

नगर विकास सहकारीको कार्यविधि निर्माण


यलम्वर टाइम्स
१२ श्रावण २०७८, मंगलवार १३:१४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकालाई समृद्धि नगर निर्माण गर्नका लागि नगरका विज्ञ एक समितिले मंगलबार नगर विकास सहकारीको लक्ष्य र उद्देश्य विषयको कार्य विधि नगर प्रमुख हरिकुमार राना र प्रशासकीय प्रमुख अम्बिकाप्रसाद चम्लगाईलाई बुझाएको छन् ।

नगरपालिकाले नगरका कृषक, व्यवसायी र नगरवासीका लागि नगर सहकारी निर्माण गर्ने लक्ष्य अनुसार विज्ञ समिति निर्माण गरि काम अगाडि बढाउन अनुरोध गरिएको थियो ।

करिब २० महिनापछि युवा व्यवसायी तथा सतासी सहकारीका अध्यक्ष रुद्रमणी प्रधानको संयोजकत्वमा गठित उक्त समितिले छलफल गर्दै निर्माण गरेको दस्तावेज मंगलबार पेश गरेका थिए ।

कार्यविधि बुझ्दै नगर प्रमुख हरिकुमार रानाले नगरलाई समृद्ध बनाउन नगर विकास सहकारी संस्थाले राम्रोसँग खेल्न सके यहाँका कृषकहरु विचौलियाको ठगिबाट बच्ने बताए ।

उनले अग्र्यानिक उत्पादन गर्न सकिने र बाहिरबाट आयातित हुने कृषि सामग्रीलाई रोक्न सक्दा नगरकै कृषकहरुको उन्नति हुने समेत बताए ।

कार्यविधि निर्माण समितिमा पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, वाणिज्य संघका अध्यक्ष बसन्त सोमानी, महिला चेतना बहुउद्देश्य सहकारी संस्थाकी प्रबन्धक उमा थापा लगायतको उपस्थिति रहेको थियो ।