सहारा नेपालबाट चेप्टीका तारालाई ऋण मिनाह « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सहारा नेपालबाट चेप्टीका तारालाई ऋण मिनाह


यलम्वर टाइम्स
८ भाद्र २०७९, बुधबार ०६:४४

चेप्टी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले माई नगरपालिका–२ चेप्टीका तारा लिम्बूलाई ऋण मिनाह गरेको छ ।

उनका श्रीमान ६५ वर्षीय मेघबहादुर लिम्बूको असामयिक निधन हुँदा अभिभावक गुमाउन परेपछि तारालाई सहारा नेपाल माई नगर शाखाले २ लाख रुपैयाँ मिनाह गरिदिएका हुन् ।

माई नगरपालि शाखाका कार्यालय प्रमुख त्रिलोचन तिम्सिनाले असल ऋणी तारा लिम्बू सहारा महिला समूह, शिवपोखरी कञ्चन महिला समूहकी सदस्य भएर व्यवसाय सञ्चालन गर्दै आएको हुँदा उनलाई आउने दिनमा व्यवसाय सञ्चालनमा कठिन नपरोस् भन्दै ऋण मिनाह गरिदिएको बताए ।

समूहका सञ्चालक सीताराम कोइरालाले सञ्चालन गरेको समवेदना कार्यक्रममा समूहकी अध्यक्ष रञ्जना मगर, सचिव राममाया मगर र समूहका नियन्त्रक मेनुका राईले स्व. मेघबहादुरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका सन्ततीप्रति समवेदना प्रकाट गरेका थिए ।