समुन्नत समाज निर्माणका लागि घर चिन्हमा मतदान गर्न आग्रह « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

समुन्नत समाज निर्माणका लागि घर चिन्हमा मतदान गर्न आग्रह


यलम्वर टाइम्स
१ मंसिर २०७९, बिहीबार १०:३२

बिर्तामोड । राष्ट्रिय जनमुक्ति पार्टीकी महिला नेतृ रीना थापाले समतामूलक समाज निर्माणमा जनमुक्ति पार्टी जुटेको बताइन् ।

बिर्तामोडको सिटी सेन्टर अगाडि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीले ५० प्रतिशत महिला प्रतिनिधित्वको आवाज उठाएको हुँदा जनमुक्तिको उम्मेद्वारहरुलाई घर चिन्हमा मतदान गरि महिला सहभागिताको निर्माणमा जुट्न आह्वान गरिन् ।

देश भ्रष्टाचारको दलदलमा फसेको र विदेशी हस्तक्षेपले नेपालीहरुलाई स्वतन्त्र हुनबाट बञ्चित गराउन खोजेको आरोप लगाउँदै ठूला दलहरुमा विश्वास गुमेको हुँदा जनताको नैसर्गिक अधिकार र सुरक्षाको लागि पनि जनमुक्तिलाई मत दिनुपर्ने जिकिर गरिन् ।

मुलुक पूर्ण समानुपातिक प्रतिनिधित्व नभएकै कारण आम राष्ट्रवासीहरुमा बितृष्णा आएको बताउँदै धर्म निरपेक्षतालाई पूर्णता हरेक क्षेत्रमा समतामूलक प्रतिनिधित्व आजको विकल्प भएको बताइन् ।

कार्यक्रममा समानुपातिक प्रदेश ‘ख’ का उम्मेद्वार मीना पन्धाकले देश बचाउन र राष्ट्र जोगाउने काम जनमुक्तिको काँधमा आएको बताउँदै दलबाट मात्र निकासका बाटोहरु सम्भव भएको बताइन् ।

सभामा प्रदेश ‘क’ का उम्मेद्वार पार्वता माङ्मुले सिंहदरबारमा अधिकार त आयो त्योसँगै भ्रष्टाचार पनि बढेको हुँदा भ्रष्टाचारीलाई तह लगाउन, समुन्नत नेपाल निर्माण गर्न जनमुक्तिलाई मत दिनुपर्ने बताइन् ।

अर्जुनधारा नगर अध्यक्ष राज खम्बूले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय अध्यक्ष खड्ग चेम्जोङ, महिला मोर्चा झापा अध्यक्ष मनिला इङनाम लगायतको आतिथ्य रहेको थियो ।