ऋद्धिसिद्धीको १४ औं वार्षिक साधारणसभा सम्पन्न « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

ऋद्धिसिद्धीको १४ औं वार्षिक साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२९ मंसिर २०७९, बिहीबार १०:०५

अर्जुनधारा । विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै ऋद्धिसिद्धी महिला कृषि सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको रुपमा निर्वाचित आफ्ना शेयर सदस्य, ज्येष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणीसँगै एसईईमा उत्कृष्ठ अंक ल्याइ उत्र्तीण हुने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

सम्मानित हुनेहरुमा वडा नं. ७ का वडा सदस्य देवकुमार राई, वडा नं. ७ की वडा सदस्य सरु बुढाथोकी रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटाले दोसल्ला र अविर पहिर्याउँदै सम्मान गरेका हुन् ।

त्यस्तै शेयर सदस्यहरु मध्ये ज्येष्ठ शेयर सदस्य पवित्रा गौतम, हर्कमाया मगर, असल बचतकर्तामा सुनिता शाह, भानुराज घिमिरे, अञ्जना राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा असल ऋणि सुमित्रा बस्नेत, मुना राजवंशी, होमबहादुर मैनाली, माया पौडेललाई सम्मान गरिएको थियो भने एसईईमा उत्कृष्ट हुने एलिना राई र निकेश मगरलाई सम्मान गरिएको थियो ।

संस्थाका शेयर सदस्यहरुको उल्लेखीय उपस्थितिमा भएको साधारणसभामा संस्थाको भावी योजना र गरेका कार्यहरुको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष कुसुम राईले चालु आर्थिक वर्षमा ५६ लाख ५१ हजार ५ सय शेयर पूँजी पुर्याउन सफल भएको बताएकी छिन् ।

साधारणसभामा अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाको कुल बचत १ करोड ३९ लाख ३९ हजार ३५९ रुपैयाँ रहेको, संस्थाका लागि १० लाख ६० हजार बराबरको जग्गा खरिद गरेको पनि सुनाइन् ।

अध्यक्ष राईले संस्थाले २ लाख ३९ हजार ७३४ रुपैयाँ खुद नाफा कमाएको पनि जानकारी दिइन् ।

त्यस्तै आफ्नो शेयर सदस्यहको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बिर्तामोड स्थित मनमोहन मेमोरियल अस्पतालमा विभिन्न सेवा प्रदान गर्दै आएको बताइन् ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन समितिका संयोजक कमला भट्टराई र संस्थाको बजेट तथा नीति कार्यक्रम बारे व्यवस्थापक चन्द्रकला राईले प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष राईको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व तथा जनप्रतिनिधि देवकुमार राई, शनिश्चरे सुपारी सहकारी संस्थाका भानु जोशी, लालीगुराँस सहकारीकी अध्यक्ष चन्द्रकुमारी लिम्बू, प्रज्वाला अपाङ्ग सहकारीकी रञ्जना कार्की, संस्थाकी सल्लाहकार देवकला प्रसाई, पार्वती माङ्मु लगायतले बोलेका थिए ।

संस्थाकी सदस्य कलामाया खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक राईले गरेकी थिइन् ।