चार मन्त्री मेची अस्पतालमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

चार मन्त्री मेची अस्पतालमा


यलम्वर टाइम्स
२८ माघ २०७९, शनिबार ०३:४४

भद्रपुर । संघ तथा प्रदेश नं. १ का मन्त्रीहरु शुक्रबार मेची अस्पतालको अन्तरक्रिया कार्यक्रममा सहभागि थिए ।

अन्तरक्रियामा उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, मुख्यमन्त्री हिक्मत कार्की, स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बू र उद्योग तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला मेची अञ्चलकै पुरानो अस्पताललाई सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्नका लागि अन्तरक्रियामा मन्त्रीहरु सहभागि भएका हुन् ।

प्रदेश नं. १ कै गहनाको रुपमा रहेको मेची अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा लैजान दुइ सय बेड बनाइ अगाडि बढाउन उपप्रधानमन्त्री लिङ्देनले सहयोग गर्ने बताए ।

अस्पतालबाट जनताले छरितो ढंगबाट सेवा लिन पाउने गरि सञ्चालन हुनुपर्ने मुख्यमन्त्री कार्कीले जोड दिए भने स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले भएको संरचनालाई व्यवस्थित रुपमा लैजान सरकार पछि नहट्ने बताइन् ।