उद्देश्य अनुसारको महोत्सव लगाउन नगर प्रमुखको आग्रह « Yalambar Times
८ बैशाख २०८१, शनिबार

उद्देश्य अनुसारको महोत्सव लगाउन नगर प्रमुखको आग्रह


यलम्वर टाइम्स
२७ फाल्गुन २०७९, शनिबार ०२:०७

अर्जुनधारा । अर्जुनधारा–७ मा रहेको डांग्रेबाबा सेतीदेवी धाममा चैत्र २७, २८ र २९ गते दोस्रो धार्मिक महोत्सव हुने भएको छ ।

शुक्रबार धाम परिषरमा भएको भेलामा उक्त महोत्सव गर्न लागिएको बताइयो । भेलालाई सम्बोधन गर्दै कुनै पनि महोत्सव उद्देश्यमुलक हुनुपर्ने नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए ।

पैसा संकलन गर्ने अनि सक्ने परिपाटीले समाजलाई सभ्य र सुशासन निर्माणमा घाटा हुने बताउँदै उद्देश्यमुलक महोत्सवका लागि आफू र नगरपालिकाबाट हुन सक्ने सहयोग प्रदान गर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष गोविन्द खतिवडाले धार्मिक महोत्सवले पर्यटनको विकासमा टेवा पुर्याउनुपर्ने बताउँदै वडाको उन्नतिमा डांग्रेबाबा सेतीदेवी धामको उद्देश्यीय अनुसार काम गर्न आफू पनि सहयोग भएर लाग्ने बताए ।

छलफलमा धामका पूर्व अध्यक्ष राजेन्द्र काफ्ले, सल्लाहकार चतुर्भुज काफ्ले, जनप्रतिनिधि हरि कटुवाल, पत्रकार दिपीन राई, रमेश समदर्शी लगायतले सुझाव राख्दै महोत्सवलाई प्रभावकारी बनाउन समिति सक्रिय रहनुपर्नेमा जोड दिए ।

धाम अध्यक्ष कालीबहादर मगरको सभापतित्वमा भएको छलफलमा सचिव रोशन नेम्वाङले संस्थाको गतिविधि र भावि रणनीति बारे जानकारी दिएका थिए ।

एक कठ्ठा ४ धुर जमिनमा रहेको उक्त धामलाई फराकिलो बनाउन जग्गा खरिद गर्नुपर्ने काम भएको हुँदा महोत्सवबाट संकलित रकमबाट धामको जग्गा विस्तार गरिने अध्यक्ष मगरले जानकारी दिए ।